Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से अब २२५५ भन्दा तल नझर्ने सम्भावना कति ? कस्तो देखिँदैछ नेप्सेको चार्ट ?

अर्थ संसार

मंगलबार, ०६ पुस २०७८, १६ : ०८ मा प्रकाशित

नेप्से अब २२५५ भन्दा तल नझर्ने सम्भावना कति ? कस्तो देखिँदैछ नेप्सेको चार्ट ?

आज मंगलबार नेप्से करिब ५६ अंकले बढ्दै १४१५ को विन्दुमा क्लोज भएको छ । बजार राम्रै अंकले बढे पनि कारोबार रकम भने न्यून छ। लगभग हिजो सोमबारकै हाराहारीमा करिब २ अर्ब ३८ करोड बराबरको कारोबार भएको आजको बजारको वृद्धि दिगो रहनेमा भने लगानीकर्ताहरु विश्वस्त भैसकेका छैनन्। लामो समयदेखि सेयर बजारको अनुसन्धान, विश्लेषण गर्दै आएका विश्लेषकहरुले बजारले करिब करिब यो डाउन ट्रेन्डको बटम लगाइसकेको बताई रहँदा के बजारमा साच्चिकै बटम लागेको हो त भन्ने कुरालाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गर्ने प्रयास गरेका  छौ। अर्थात् बजार अब २२५५ भन्दा तल जान्छ कि जादैन भन्ने धेरै लगानीकर्ताहरुको जिज्ञासालाई यो आलेखमार्फत समेट्ने हाम्रो आशय हो।

केही दिनदेखि बजार घट्दै गर्दा पनि MACD का डाउन हिस्टोग्रामहरु छोटो छोटो हुँदै गएका छन् । सामान्यतया बजार घट्दै जाँदा हिस्टोग्रामहरु झन् लामालामा हुँदै जानुपर्नेमा अहिले त्यसको ठिक विपरित हुँदै गएको छ। त्यसले बजारमा सेलिङ्ग प्रेसर कम हुँदै गरेको संकेत गरेको छ। बजार २२५५ को हाराहारीमा आउदै गर्दा RSI करिब १९ को हाराहारीमा पुगिसकेको थियो। आज RSI ३९ को लेभलमा छ। RSI ४० भन्दा माथि बस्न सक्यो भने बजारको यात्रा माथितिरको हुन सक्ने सम्भावना बढेर जान्छ।

लगानीकर्ताहरुले सबैभन्दा ध्यान दिनुपर्ने विन्दु २३९२ को विन्दु हो। बजार करिब २८२५ बाट घटेर २२५५ को विन्दुसम्म आउँदै गर्दा यी दुई विन्दुहरुलाई आधार मानेर फ़िबोनासी रिट्रेसमेन्ट लगाएर हेर्दा o.२३६ को बिन्दु २३९२ हुन आउँछ। बजार कुनै विन्दुबाट घटेर तल आइसकेपछि माथितिर फर्किने क्रममा यदि o.२३६ को लेभल भन्दा माथि बस्न सक्यो भने बजारको यात्रा माथितिरको हुन सक्ने सम्भावना बढेर जान्छ। बजारका अन्य इन्डिकेटरहरुले पोजिटिभ संकेत गर्दै गर्दा यदि भोलि राम्रो भोलुमसहित बजारले २४३० को विन्दुलाई क्रस गर्न सक्षम भयो भने बजारको यात्रा बुलिस हुन सक्ने सम्भावना बढेर जानेछ।

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको