Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा, पुनः १०० प्रतिशत हकप्रद जारी गर्ने बिशेष प्रस्ताव

अर्थ संसार

विहीबार, ०८ पुस २०७८, ०७ : ३९ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधारणसभा, पुनः १०० प्रतिशत हकप्रद जारी गर्ने बिशेष प्रस्ताव

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पौष ७ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको बीसौँ वार्षिक साधारण सभा पौष २९ गते, होटल सेन्ट्रल पार्क, सौराहा चितवनमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ । 

सभाबाट जारी तथा चुक्ता पूँजी बृद्धी गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकवाट प्राप्त निर्देशन समेतलाई ध्यानमा राखी हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रक्रिया शुरुवात भईसकेको र उक्त शेयर जारी भएपश्चात कायम हुने शेयर चुक्ता पुँजीको पुनः १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने बिषेश प्रस्ताव पारित गरिने छ ।

यसका साथै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु ९मिति २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिका नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचीहरु समेत वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता, दैनिक तथा भ्रमण भत्ता लगायतका अन्य सुविधा निर्धारण गर्ने जस्ता प्रस्तावहरू पारित गरिनेछ । 

त्यसैगरी, बैंकले साधारण सभा प्रयोजनका लागि पौष २० गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

बैंकले प्रकाशन गरेको सूचना यस प्रकारको छ 

61c3d74626f3e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको