Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा राैनकता कायमै, बीमा समूहमा लगानीकर्ताको आकर्षण

नेप्से

विहीबार, ०८ पुस २०७८, १५ : ०३ मा प्रकाशित

सेयर बजारमा राैनकता कायमै, बीमा समूहमा लगानीकर्ताको आकर्षण

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । लगातार तेश्राे दिन पनि सेयर बजारले उकालाे यात्रा गरेकाे हाे । बढेकाे बजारमा बीमा कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएकाे छ । यस दिन सबैभन्दा धेरै निर्जीवन बीमा समूह बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर काराेबार मापक नेप्से परिसूचक १२.५३ अंकले बढेर २५२०.२३ विन्दुमा पुगेकाे छ । नेप्से ०.५० प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि ०.१० अंकले बढेर ४७७.३६ विन्दुमा पुगेको छ । 

कूल २२९ वटा कम्पनीकाे ८३ लाख २३ हजार ९ सय २३ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४ सय १० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

61c442f38b6d1.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे सेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा नन लाइफ इन्स्याेरेन्स समूह बढेकाे छ ।

61c442fbeaec4.jpg

बिहीबार पनि हिमालयन डिष्टिलरीकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३६ कराेड २४ लाख ८४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । कम्पनीले हिजै मात्र बम्पर लाभांश घाेषणा गरेकाे थियाे । कम्पनीकाे पाैष ६ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले  शेयरधनीलाई ७५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हाे । 

61c44305971fc.jpg

आज शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेर एक हजार ६ सय ८८ रूपैयाँ पुगेकाे छ । त्यस्तै, बरूण हाइड्राेपावरकाे सेयरमूल्य पनि ९.३१ प्रतिशतले र जीवन विकास लघुवित्तकाे सेयरमूल्य पनि ९.०७ प्रतिशतले बढेकाे छ । 

61c4430c529e3.jpg

यस दिन गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.७४ प्रतिशतले घटेर ८ सय ४४ रूपैयाँमा झरेकाे छ । 

61c443147daa2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको