Like us!
Follow us!
Connect us!
Watch us!

नारायणी डेभलपमेन्ट बैंकले हटायो फेरि हकप्रद निष्कासन गर्ने प्रस्ताव

अर्थ संसार

शुक्रबार, ०९ पुस २०७८, ११ : ०२ मा प्रकाशित

नारायणी डेभलपमेन्ट बैंकले हटायो फेरि हकप्रद निष्कासन गर्ने प्रस्ताव

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभाबाट फेरि हकप्रद निष्कासन गर्ने प्रस्ताव हटाएकाे छ ।

बैंकले हिजाे वार्षिक साधारण सभा बाेलाउँदै हाल निष्कासन भइरहेकाे १००% हकप्रद सेयर बिक्री भएपछि कायम हुने चुक्ता पुँजीकाे १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर पुनः जारी गर्ने प्रस्ताव सभाबाट पारित गर्ने निर्णय गरेकाे थियाे । तर आज फेरि बैंकले आफ्नाे सूचना सच्याउँदै हकप्रद प्रस्ताव हटाएकाे छ ।

बैंकको बीसौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार होटल सेन्ट्रल पार्क, सौराहा चितवनमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ । बैंकले साधारण सभा प्रयोजनका लागि पौष २० गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61c559289cfa7.jpg 61c559336beee.jpg 61c5593adbf90.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको