Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ लाख ८४ हजार कित्ता बाेनस सूचिकृत

अर्थ संसार

शुक्रबार, ०९ पुस २०७८, १३ : १८ मा प्रकाशित

नेप्सेमा ३ लाख ८४ हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) एउटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे ३ लाख ८४ हजार ५ सय ८३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बाेनस सेयर तथा कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त प्रस्तावित लाभांश  कार्तिक १६ गते मंगलबार सम्पन्न भएकाे कम्पनीकाे ५४औँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कार्तिक २ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गरेको थियाे । त्यसैले, कार्तिक १ गते, साेमबारसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् । 

61c57816b3c19.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको