बीमा समितिले नेपाल लाइफ इन्योरेन्स कम्पनीका सञ्चालकहरुलाई पत्र काटेको छ । कम्पनीका सञ्चालकहरुले गैरकानुनीरुपमा भत्ता लिएको विषयमा बीमा समितिले उनीहरुलाई पत्र काटेको हो।
सञ्चालकहरुबाट भत्ताको दुरुपयोग भएको गुनासो आएकाले वास्तविकता के हो ? भनेर पत्र पठाएको बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले अर्थ संसारलाई बताएका छन् । शुक्रबार बसेको बैठकको निर्णय अनुसार उनीहरुलाई बीमा समितिले पत्र काटेको हो ।
पत्रको जवाफ आइसकेपछि र छानबिनका आधारमा अनधिकृतरुपमा भत्ता लिइएको पाइए कारबाही गरिने समितिले जनाएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत विवेक झा रहेको बेलामा अनधिकृतरुपमा भत्ता लिएको भन्ने गुनासोका आधारमा कम्पनीका आठ जना सञ्चालकहरुलाई पत्र पठाएर स्पष्टीकरण सोधिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस