Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

अर्थ संसार

शनिबार, २३ भदौ २०८०, १४ : ५१ मा प्रकाशित

नेपाल लाइफद्वारा दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बु जिल्लाको ४६३२ मि उचाईमा रहेका प्रसिद्ध धार्मिकस्थल दुधकुण्डमा तिर्थयात्रीका लागि नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको सहकार्यमा २०८० भाद्र ११ देखि १४ गतेसम्म निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

नेपाल लाइफले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दैै उक्त शिविरबाट ४२२ जना भक्तजनहरु प्रत्यक्ष लाभान्वित भएको जसमा २१० जनाको स्वास्थ्य परीक्षण, १४६ जनालाई औषधि वितरण, ६४ जनालाई प्राथमिक उपचार र २ जनालाई एम्बुलेन्स सेवा प्रदान गरिएको कुरा बताएको छ ।

विज्ञप्तिमा स्वास्थ्यकर्मी र रेडक्रसकर्मीहरुले संयुक्त रुपमा संचालन गरेको शिविरमा विशेषत मेलाको बखत उच्च स्थान भएकाले टाउको दुख्ने, बान्ता हुने, शरीरका जोर्नी दुख्ने, श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण भएका बिरामीहरको उपचार गरिएको उल्लेख छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अब आउने निकट भविष्यमा कम्पनीले संस्थागत सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको