Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम, बीमा समूहमा किन बढ्याे लगानीकर्ताको आकर्षण ?

नेप्से

आइतबार, ११ पुस २०७८, १५ : ०५ मा प्रकाशित

नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम, बीमा समूहमा किन बढ्याे लगानीकर्ताको आकर्षण ?

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारमा राैनकता कायम नै छ । नेप्से परिसूचक सँगसँगै काराेबार रकम पनि बढेकाे छ । बढेकाे बजारमा बीमा कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखिएकाे छ । यस दिन सबैभन्दा धेरै जीवन बीमा समूह बढेकाे छ । 

बीमा समितिले बीमा कम्पनीहरूको पूँजी बढाउन विभिन्न माध्यमबाट कदम चालेको छ । मुख्यतय बोनस र मर्जरलाई प्राथमिकता दिइएको छ । अहिले लाभांश सिजन पनि चलिरहेको छ । अधिकांश बीमा कम्पनीहरूले लाभांश घोषणा गर्नै बाँकी छ । यस्तो अवस्थामा बीमा कम्पनीहरूले उच्च बोनस बाँड्ने अपेक्षाले लगानीकर्ताले बीमा कम्पनीको सेयर खरिद गरिरहेका छन् । बीमा कम्पनीहरूको पूँजी वृद्धिको कुरा भइरहँदा बीमा कम्पनीतर्फ लगानीकर्ताको आकर्षण बढेको हो ।

यति मात्र नभएर पछिल्लो करेक्सनमा बीमा कम्पनीहरूको सेयरमूल्य १२० दिनको औषतमूल्य भन्दा पनि निकै तल झरिसकेको थियो । सोही कारण पनि बीमा कम्पनीहरूको मूल्य वृद्धि स्वभाविक मान्न सकिन्छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर काराेबार मापक नेप्से परिसूचक ७१.२० अंकले बढेर २५९१.४२ विन्दुमा पुगेकाे छ । नेप्से २.८२ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि ५.३८ अंकले बढेर ४८२.७४ विन्दुमा पुगेको छ । 

कूल २३१ वटा कम्पनीकाे ८६ लाख एक हजार ९ सय ५६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १७ करोड ३२ लाख ५ सय ३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे सेयर बढेको छ भने बाँकी २ वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै लाइफ इन्स्याेरेन्स समूह बढेकाे छ । आज हाइड्राेपावर र फाइनान्स समूह घटेका हुन् ।

आइतबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ३२ कराेड ७ लाख ४९ हजार ७ सय ३६ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आज १५ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सर्किट लाग्ने कम्पनीहरूमध्ये मध्य भाेटेकाेशी बाहेक बाँकी सबै इन्स्याेरेन्स कम्पनीहरू रहेका छन् । 

यस दिन गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.५७ प्रतिशतले घटेर ७ सय ९७ रूपैयाँमा झरेकाे छ । 

याे पनि :

अब लगानीको कस्तो रणनीति बनाउने ? नेप्सेले Trend बदल्ने संकेत- Share Tech Funda| Bimal Tiwari|

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको