Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा उछाल, लाइफ र ननलाइफ सेक्टरको डाउन ट्रेन्ड ब्रेक : किन्ने बेला की बेच्ने बेला  ?

नेप्से

आइतबार, ११ पुस २०७८, १६ : ४९ मा प्रकाशित

नेप्सेमा उछाल, लाइफ र ननलाइफ सेक्टरको डाउन ट्रेन्ड ब्रेक : किन्ने बेला की बेच्ने बेला  ?

बजार घटेर २३०० को हाराहारीमा आउदै गर्दा हामीले बारम्बार बजार घटेर निकै तल आइसकेको र प्राविधिक रुपमा हेर्दा पनि बजार बढ्ने सम्भावना नै देखिन्छ भनेका थियौ। नेप्से  २२५५ को विन्दुभन्दा तल जाने सम्भावना एकदमै कम रहेकोले यो सेयर खरिद गर्ने राम्रो अवसर हो भन्ने किसिमका विश्लेषणहरु हामीले त्यतिखेर गरेका थियौँ।

आज साताको पहिलो दिन आइतबार नेप्सेको उत्साहपूर्ण ओपनिङ्ग गरेको छ।  करिब ७१ अंकले बढ्दै बजार २५९१ को बिन्दुमा पुगेको छ।  बजार बढ्दै जाँदा कारोबार रकममा पनि उल्लेख्य वृद्धि आएको छ जसले बजार अझै माथि जान सक्ने आधार प्रस्तुत गरेको छ।  विशेषगरी बीमा क्षेत्रका कम्पनीहरुको मूल्य उच्च रुपमा बढ्दा नेप्सेमा उछाल देखिएको हो।  

नेप्सेको चार्ट प्याटर्नमा आज बुलिश मारुबोजु बनेको छ।  बढ्दो कारोबार रकम सहितको बुलिश मारुबोजु क्यान्डलले बजार आगामी दिनमा बढेर जाने संकेत गर्दछ।  डेली क्यान्डल बेसीसमा हेर्दा MACD ले बाई सिग्नल दिइसकेको छ भने RSI ५४ को बिन्दुमा छ।  आजको सबैभन्दा चाखलाग्दो कुरा भनेको डेली क्यान्डल बेसीसमा सुपरट्रेन्डले पनि बाई सिग्नल दिएको छ।  सुपरट्रेन्ड इन्डिकेटरलाइ धेरै नै विश्वसनीय मानिन्छ।  सुपरट्रेन्डले बाई सिग्नल दिइसकेपछि प्राय:  बजार बढेर नै जाने गरेको इतिहास छ।  

अन्य सबै इण्डिकेटरहरुले बजारमा पोजिटिभ संकेत गरिसकेको भए तापनि नेप्सेले २६४० को बिन्दुलाई ब्रेक गरेपछि मात्र ३२२५ को बिन्दुबाट नेप्से तल  झर्दै गर्दा बनेको डाउन ट्रेन्ड ब्रेक हुनेछ र बजार बुलिश यात्रामा प्रवेश गर्नेछ।
 

नन लाइफ इन्स्योरेन्स सेक्टर:
निर्जीवन बीमाको इन्डेक्स करिब ६ महिना अगाडी करिब १५७२० को बिन्दुसम्म पुगेको थियो भने घट्दै आएर केहि दिन अगाडी ९७१० को बिन्दुसम्म आइपुगेको थियो।  छोटो समयमै करिब ३८% घटेको ननलाइफ सेक्टर अहिले तिब्र रुपमा बढ्दै करिब १२००८ को बिन्दुमा पुगेको छ।  निर्जीवन बीमाको चार्ट प्याटर्नमा आज बुलिश मारुबोजु बनेको छ बने भोलुम पनि एभरेजभन्दा निकै बढी आएको छ।  सबैभन्दा महत्वपूर्ण कुरा भनेको नन लाइफको चार्ट प्याटर्नमा बनेको डाउन ट्रेन्डलाइन ११९०० तिरको बिन्दुमा ब्रेक भएको छ।  जसले नन लाइफ सेक्टर आगामी दिनमा तिव्र रुपमा बढेर जाने संकेत गर्दछ।  
अन्य सूचकहरुको आधारमा विश्लेषण गर्दा :

RSI : RSI ६० को बिन्दुमा पुगेको छ।  यदि RSI ६० माथि  नै बस्छ भने आगामी दिनमा मूल्य बढेर जाने देखिन्छ।  
सुपरट्रेन्ड: सुपरट्रेन्ड इण्डिकेटरले बाई सिग्नल दीइसकेको छ।  सुपरट्रेन्डले बाई सिग्नल दीइसकेपछि बढेर जाने सम्भावना बढी हुन्छ।  
MACD: MACD ले बाई सिग्नल दीइसकेको छ।  यसले आगामी दिनमा मूल्य अझै बढ्ने देखिन्छ।  

नन लाइफको अबको टार्गेट कति ?

फ़िबोनासि रिट्रेश्मेण्ट प्रयोग गरेर हेर्दा करिब १२५०० को बिन्दुमा ५०% लेभलको रेसियो छ।  १२५०० तिरको बिन्दुमा सेलिङ्ग प्रेसर आउन सक्ने सम्भावना रहन्छ भने नन लाइफ यदि १२५०० भन्दा पनि माथि गएको खण्डमा १३१५० तिरको बिन्दुमा अर्को सेलिङ्ग टार्गेट राख्नु उपयुक्त हुन जान्छ।  

लाइफ इन्स्योरेन्स सेक्टर:

करिब ६ महिना अगाडी जीबन बीमा सेक्टरको इन्डेक्स करिब १९५४० को बिन्दुसम्म पुगेको थियो।  त्यो बिन्दुबाट खस्न सुरु गरेको इन्डेक्स केहि दिन अगाडी १२०१८ को बिन्दुसम्म आइपुग्यो। १९५४० बाट घटेर १२०१८ को बिन्दुसम्म आइपुग्दा करिब ३८ % ले घटेको लाइफ इन्स्योरेन्स सेक्टरको इन्डेक्स अहिले १४६१७ को बिन्दुमा पुगेको छ।  लाइफ इन्स्योरेन्स सेक्टरको चार्ट प्याटर्नमा आज बुलिश मारुबोजु क्यान्डल बनेको छ भने भोलुम पनि एभरेजभन्दा निकै बढी आएको छ।  बजार घट्दै गर्दा बनेको डाउन ट्रेन्ड १४२४० को बिन्दुमा ब्रेक भएको छ जसले लाइफ इन्स्योरेन्स सेक्टर आगामी दिनमा तिब्र रुपमा बढेर जाने संकेत गर्दछ।  
 

अन्य सूचकहरुको आधारमा विश्लेषण गर्दा :
RSI : RSI करिब 62 को बिन्दुमा पुगेको छ। RSI  ६० भन्दा माथि रहनुले  आउने  दिनहरुमा बजार अझै बढेर  जाने  संकेत  गर्दछ।
MACD : MACD  ले बाइ सिग्नल दिइसकेको छ।  यसले आगामी दिनमा बजार अझै बढेर जाने संकेत गर्दछ।  
सुपरट्रेन्ड : सुपरट्रेन्ड इण्डिकेटरले बाइ सिग्नल दिइसकेको छ।  

लाइफ इन्स्योरेन्स सेक्टर बढ्दै गर्दा पहिलो टार्गेट १५३५० लाइ लिन सकिन्छ जुन फ़िबोनासि रिट्रेस्मेण्टको ५०%रेसियोको  लेभल हो भने दोश्रो टार्गेटको रुपमा १६१५० लाइ लिन सकिन्छ, जुन फ़िबोनासी रिट्रेस्मेण्टको ६१.८ को लेभल हो।  

 

61c84d0788333.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको