Like us!
Follow us!
Connect us!
Watch us!

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको कति लाभांश ?

अर्थ संसार

सोमबार, १२ पुस २०७८, ०६ : ४२ मा प्रकाशित

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको कति लाभांश ?

विभिन्न ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज (पौष १२ गते, सोमबार) अन्तिम दिन रहेको छ । महालक्ष्मी विकास बैंक लिमिटेड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । 

महालक्ष्मी विकास बैंक लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १३ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज पाैष १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

बैंककाे बीसाैँ वार्षिक साधारण सभा पाैष २५ गते, आइतबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा बैंकको मंसिर १२ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १३ गतेदेखि पाैष २८ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीकाे वार्षिक साधारण सभा पाैष २८ गते डिल्लीबजारस्थित कम्पनीकाे रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजेदेखि सुरू हुनेछ। सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भाेलि पुस १३ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्ने भएको छ । त्यसैले, आज पुस १२ गतेसम्मका कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाकाे २३औं वार्षिक साधारण सभा पुस २५ गते कम्पनीको केन्द्रीय, कार्यालय, नक्साल, काठमाडौंमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५५२६ प्रतिशत नगद गरी कुल ३१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको