Like us!
Follow us!
Connect us!
Watch us!

हरेक दिन १ अर्ब भन्दा बढी पुँजीगत खर्च भैरहेको छ: अर्थ मन्त्रालय

अर्थ संसार

सोमबार, १२ पुस २०७८, १० : ५० मा प्रकाशित

हरेक दिन १ अर्ब भन्दा बढी पुँजीगत खर्च भैरहेको छ: अर्थ मन्त्रालय

सरकारले पर्याप्त मात्रामा पुँजीगत खर्च गर्न नसक्दा  तरलतामा समस्या देखिएपछि अर्थमन्त्रालय पुँजीगत खर्च गर्ने कुरामा आक्रामक रुपमा प्रस्तुत भएको छ ।

अर्थ मन्त्रालयले अन्य मन्त्रालयहरुसंग व्यापक रुपमा सहकार्य र छलफल गरि युद्धस्तरमा पुँजीगत खर्च गर्ने नीति लिए सँगै पछिल्लो समय हरेक दिन जसो १ अर्ब भन्दा बढी खर्च भैरहेको जानकारी अर्थमन्त्रालयका बरिष्ठ आर्थिक सल्लाहकार डाक्टर सुरेन्द्र कुमार उप्रेतीले अर्थ मन्त्रालयलाइ जानकारी दिएका छन।  पुष मसान्त ताका अझ धेरै आक्रामक रुपमा पुँजीगत खर्च हुने पनि उनले बताए।  

अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय विकाससंग सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिवहरु सँग तिव्र रुपमा विकास खर्च गर्ने गरि काम गर्न आग्रह गरे सँगै ति मन्त्रालयहरु पनि यस सम्बन्धमा गम्भीर बनेका छन।  राष्ट्र बैंक तथा अर्थ मन्त्रालयले पछिल्लो समय संयुक्त रुपमा पछिल्लो समय वित्तिय प्रणालीमा देखिएको वित्तिय संकटलाइ समाधान गर्न युद्धस्तरमा कदम चालेसँगै विस्तारै तरलता संकटको समस्या समाधान भएर जाने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको