Like us!
Follow us!
Connect us!
Watch us!

२३३ अंकको वृद्धिपछि सेयर बजारमा गिरावट, "नाफा बुक गर्दा आएको करेक्सन मात्र हाे"

नेप्से

सोमबार, १२ पुस २०७८, १५ : ०१ मा प्रकाशित

२३३ अंकको वृद्धिपछि सेयर बजारमा गिरावट, "नाफा बुक गर्दा आएको करेक्सन मात्र हाे"

साताको दाेश्राे कारोबार दिन आज (साेमबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएको छ । गत मंगलबारदेखि सेयर बजार लगातार बढिरहेकाे थियाे । यस अवधिमा नेप्से परिसूचक २३२.६२ अंकले बढेकाे थियाे । आज फेरि बजारले ओरालो यात्रा तय गरेको हो ।

नाफा बुक गर्दा करेक्सन आएको लगानीकर्ता रमेश न्याैपानेले बताएका छन् । उनी भन्छन्, "मंगलबारदेखि बजार बढिरहेकाे थियाे । यसअघि तल्लाे विन्दुमा सेयर किनेका लगानीकर्ताहरूले अहिले सेयर बेचेर नाफा बुक गर्दा आज बजारमा करेक्सन देखिएकाे हाे । राष्ट्र बैंकले तरलता अभावकाे समस्या न्यूनिकरण गर्न कदम चालेकाे छ । बीमा कम्पनीहरूकाे पूँजी वृद्धिकाे कुरा पनि आइरहेकाे छ । सबै कुराहरू हेर्दा अन्नत: बजार माथि नै जानेछ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६९.७७ अंकले घटेर २५२१.६५ विन्दुमा झरेकाे छ । नेप्से २.६९ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १०.८५ अंकले घटेर ४७१.८९ विन्दुमा झरेको छ । 

कूल २३८ वटा कम्पनीकाे एक कराेड २ लाख ९२ हजार २ सय २६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६ सय ७१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ । सबैभन्दा धेरै नन लाइफ इन्स्याेरेन्स समूह घटेकाे छ ।

साेमबार पनि नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ३० कराेड ६० लाख ९९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

साेमबार गाेर्खाज फाइनान्स कम्पनी लिमिटेड र मध्य भाेटेकाेशी जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।  गाेर्खाज फाइनान्सकाे सेयरमूल्य १० प्रतिशतले बढेर ८ सय ७६ रूपैयाँ ७० पैसा पुगेकाे छ । मध्य भाेटेकाेशीकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक सय २१ रूपैयाँ पुगेकाे छ । 

आज जाेशी हाइड्राेपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ८.५४ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय रूपैयाँमा झरेकाे छ ।

याे पनि :

अब लगानीको कस्तो रणनीति बनाउने ? नेप्सेले Trend बदल्ने संकेत- Share Tech Funda| Bimal Tiwari|

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको