Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंक सहित ३ कम्पनीको सेयर मूल्य समायोजन, कुनको मूल्य कति ?

अर्थ संसार

मंगलबार, १३ पुस २०७८, ०६ : ५० मा प्रकाशित

महालक्ष्मी विकास बैंक सहित ३ कम्पनीको सेयर मूल्य समायोजन, कुनको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) मा विभिन्न ३ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको सेयरमूल्य समायोजन भएको हो । 
 
महालक्ष्मी विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ४ सय ७० रूपैयाँ ३३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ५ सय ६४ रूपैयाँ ४० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको बीसौँ वार्षिक साधारण सभा पौष २५ गते, आइतबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।सभामा बैंकको मंसिर १२ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २९.५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार २ सय रूपैयाँ ७७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य १ हजार ५ सय ५५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको २३औं वार्षिक साधारण सभा पुस २५ गते कम्पनीको केन्द्रीय, कार्यालय, नक्साल, काठमाडौंमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५५२६ प्रतिशत नगद गरी कुल ३१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको ७ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ६५ रूपैयाँ ४२ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ३ सय ९१ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको वार्षिक साधारण सभा पौष २८ गते डिल्लीबजारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजेदेखि सुरू हुनेछ। सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यी तीनवटै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आज पौष १३ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छन् । त्यसैले, हिजो पौष १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

 

61ca634ae0b5f.JPG 61ca634b71e65.JPG 61ca634c3d03e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको