Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई लाइफकाे एएमएल/सीएफटी तालिम सम्पन्न

अर्थ संसार

मंगलबार, १३ पुस २०७८, १२ : ३८ मा प्रकाशित

आईएमई लाइफकाे एएमएल/सीएफटी तालिम सम्पन्न

आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीको लागि सम्पति शुद्धिकरण निवारण तथा आंतककारी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम पौष ७ गतेदेखि पाैष ९ गतेसम्म सुर्खेतमा प्रदान गरी सम्पन्न गरेको छ ।

उक्त तालिममा अन्डरराईटिङ्ग प्रमुख सुदिप राणाले सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, सम्पति शुद्धीकरण निवारण किन गर्ने ,सम्पति शुद्धीकरणको लक्ष्यहरु, आतंककारी कार्यबाट संकलित कालोधनलाई बीमाक्षेत्रको माध्यमले सेतो धन कसरी बनाईन्छ, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, वित्तिय जोखिमाङ्ककको चरण, कम्पनीको भूमिका, कारवाही तथा सजाय आदि विषयमा विस्तृत जानकारी दिएका थिए । 

साे तालिममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवी फुँयाल, हेड एजेन्सी बिजनेस कर्म राज पौडेल, लुम्बीनी र कर्णाली  प्रदेशका प्रमुख प्रेम तिमल्सीना, प्रमुख वित्त अधिकृत जगत बोहरा, प्रशासन र मानव संशाेघन विभाग प्रमुख मनोज चौधरी लगायतकाे सहभागीता रहेकाे थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको