Like us!
Follow us!
Connect us!
Watch us!

“बजारलाई सकारात्मक बनाउने समाचार छिट्टै आउनेछ, वास्तविक बुल आउनै बाँकी”

अर्थ संसार

मंगलबार, १३ पुस २०७८, १२ : ३६ मा प्रकाशित

नेप्से पछिल्लो समय धरै नै घटिसकेकाले अब बजार बढ्ने र सकारात्मक माहोल हुने गरी समाचार आउन धेरै समय बाँकी नरहेको र नेपालको यो बुल ट्रेन्डको असली बुल आउनै बाँकी रहेको बताँउछन् सक्रिय लगानीकर्ता नवराज दहाल । 

अर्थ संसार डटमकको कार्यक्रम लगानीकर्ताको आवाजसँग कुरा गर्दै उनले भने “मैले केही दिन अघिदेखि भनिरहेको छु की नेपालको सेयर बजारमा असली बुल आउनै बाँकी छ, अब छिट्टै नै बजार माथि जाने गरी सकारात्मक समाचार आउन धेरै समय लाग्ने म देख्दिँन अब नेप्से घट्ने धेरै आधारहरु नै कम छन् बजार धेरै नै घटिसकेको छ यो घटाईलाई परिपुर्ति गर्नु छ त्यो गिरावटले नेप्सेमा ठुला खाडल नै बनेको छ अब नेप्सेले त्यो खाडललाई पुरेर पनि धेरै नै माथिको यात्रा तय गर्नु छ अब देशमा चुनावी माहोल बन्दैछ, जसरी हामी लगानीकर्ताहरुलाई नाफा चाँहिन्छ त्यसरी नै नेताहरुलाई पनि चुनावमा भोट नै हो चाँहिने त्यसैले त्यही भोट कै लागि पनि उनिहरुले लगानीकर्ताका मागहरु पुरा गर्नेछन् जसले बजारमा थप माहोल र्सिजना गर्नेछ ।”

“अहिलेको अवस्थामा नेपालको पूँजी बजारको विकासमा लागि मुख्य गरी २ वटा कुराहरु गर्नु आवश्यक छ” उनले भने “पहिलो भनेको नियामक निकायमा सक्षम र अनुभवी नेतृत्व र दोस्रो भनेको हरेक गाँउ गाँउसम्म बैंकिङ्ग पँहुच पुगेजस्ते ब्रोकर सेवा पुग्न सकेमा मात्र पनि बजारले ठुलै फड्को मार्ने सम्भावना देख्छु म ।”

सेयर बजारमा बृद्धि र गिरावट भनेको एकै सिक्काका दुईवटा पाटा जस्तै हो बजार बढे पछि घट्छ र घटेपछि पक्का बढ्छ नै यो स्वभाविक पनि हो त्यसैले यसको वृद्धि र गिरावट दुवै कुरालाई स्वतन्त्र ढंगले छाड्नुपर्ने भन्दै उनले भने “यदि बजार निरन्तर बढी मात्र रहने हो भने त अहिलेसम्म नेप्से परिसूचक १-२ लाख भन्दा माथि नै हुनुपर्ने हो त्यसैले म सधैँ भन्ने गर्छु बजारलाई स्वतन्त्र रुपले बढ्न र घट्न दिनुपर्छ कसैले कुनै पनि ढङ्गले हस्तक्षेप गर्नु हुँदैन ।”

नेपालको पूँजीबजारको विगतलाई सम्झदै उनले भने “कुनै बेला यस्तो समय पनि थियो जतिबेला हामीले नेपालको पूँजीबजारमा १ लाख लगानीकर्ता पुगेभन्दा पनि खुसियाली बनाउने अवस्था थियो तर अहिले परिस्थिती परिवर्तन भएको छ करिब ४५ लाख भन्दा बढिको संख्यामा डिम्याट खाताहरु खुलिसकेका छन् भने करिव ११ लाख जना लगानीकर्ताहरुले दोस्रो बजारमा सक्रिय रुपमा कारोबार गरिरहनु भएको छ पहिले जस्तो बजार दुई चार जना खेलाडीको मात्र हातमा बजार छैन त्यसैले बजारले छिट्टै फड्को मार्ने देख्छु म ।”

विभिन्न समूहहरु बनाएर आँफुले लगानी गरेको कम्पनी र क्षेत्रहरु विज्ञापन गर्ने र त्यो बाहेकका अन्य कम्पनीहरुलाई गाली गर्ने लगानीकर्ताहरुको समूहरुका कारण पनि अहिले बजार स्थिर बन्न नसकेको भन्दै उनले भने “अहिले बजारमा विभिन्न लगानीकर्ताहरुका यस्ता समूहहरु पनि छन् जो आफूले लगानी गरेका कम्पनी र समूह बाहेकका कम्पनीहरुलाई तथानाम गाली गर्ने परम्परा हाम्रोमा देखिन्छ यदी सेयर बजारलाई स्थिर बनाउने हो भने नेप्सेलाई मात्र प्राकृतिक छोडेर हुँदैन लगानीकर्ताहरुले पनि योजनावद्ध रुपमा  लगानी गर्नुपर्यो, अहिले त कस्तो पनि देखियो भने आज कुनै कम्पनी किन्ने अनि पर्सि १० २० रुपैयाँ नाफा आयो भने बेचिहाल्ने परम्परा छ यदि कसैले पनि होल्ड नै नगर्ने हो भने बजार कसरी बढ्छ आजको दिनमा सेयरमा लगानी गर्ने सबै लगानीकर्ताहरु ट्रेडर बनेको देख्छु म त अहिलेको अवस्थामा त बजारमा इन्भेष्टर त देख्न भेट्न नै मुस्किल छ ।”  

लगानीकर्ता नवराज दहालसँग गरिएको कुराकानी तल प्रस्तुत गरिएको छः               

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको