Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डको प्रतिवेदनलाई बजारले पचायाे, नेप्सेमा सामान्य गिरावट

नेप्से

मंगलबार, १३ पुस २०७८, १५ : ०३ मा प्रकाशित

प्रचण्डको प्रतिवेदनलाई बजारले पचायाे, नेप्सेमा सामान्य गिरावट

आज (मंगलबार) सेयर बजारमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि घटेकाे छ । प्रचण्डको प्रतिवेदनलाई पनि लगानीकर्ताहरूले वास्ता नदिएका देखिएकाे छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) ले पार्टीको जारी आठौं महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदनमा छोटो समयमै अकुत सम्पत्ति आर्जन गर्न सेयर बजार र घरजग्गा किनबेचमा लगानी हुने गरेको बताएका थिए । उनले प्रतिवेदनमा भनेका छन् 'उत्पादनमूलक क्षेत्रबाट वित्त क्षेत्रमा पुँजी पलायन हुनाले समाजमा बेरोजगारीका साथै विभिन्न प्रकारका संकट उत्पन्न भएका छन्। वित्त क्षेत्रमा पुँजी पलायन हुनुको मुख्य कारण पुँजीपतिहरूको छोटो समयमा धेरैभन्दा धेरै नाफा कमाउने अतृप्त भोक नै हो, उत्पादनका क्षेत्रमा लगानी गर्दा समय धेरै, मिहिनेत पनि धेरै गर्नुपर्ने, मजदुर आन्दोलनको सामना गर्नुपर्ने, नाफा पनि कम आउने कारणले नै पुँजीपतिहरूले अरूको सम्पत्ति हडपेर छोटो समयमा अकुत सम्पत्ति आर्जन गर्न पुँजीलाई सेयर बजार, मुद्रा बजार, धितोपत्र खरिद बिक्री तथा घरजग्गा किनबेचमा लगानी गर्न थालेका छन्।'

प्रचण्डकाे यस अभिव्यक्तिले पनि सेयर बजारमा खासै प्रभाव परेकाे छैन । बजार हिजाेकाे तुलनामा फर्किन प्रयास गरेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.६६ अंकले घटेर २५१८.९९ विन्दुमा झरेकाे छ । नेप्से ०.११ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.९१ अंकले घटेर ४७०.९८ विन्दुमा झरेको छ । 

कूल २३० वटा कम्पनीकाे ५८ लाख २८ हजार ७ सय ८३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६ सय ३२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेको छ ।

मंगलबार हिमालयन डिष्टीलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २६ कराेड ३९ लाख ४३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

मंगलबार पनि मध्य भाेटेकाेशी जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।  कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक सय ३३ रूपैयाँ १० पैसा पुगेकाे छ । 

आज गाेर्खाज फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले घटेर प्रतिकित्ता ७ सय ८९ रूपैयाँ १० पैसामा झरेकाे छ ।

याे पनि :

अब लगानीको कस्तो रणनीति बनाउने ? नेप्सेले Trend बदल्ने संकेत- Share Tech Funda| Bimal Tiwari|

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको