Like us!
Follow us!
Connect us!
Watch us!

३ कम्पनीको साधारण सभा आज हुँदै, कुनको कति लाभांश ?

अर्थ संसार

शुक्रबार, १६ पुस २०७८, ०८ : ३३ मा प्रकाशित

३ कम्पनीको साधारण सभा आज हुँदै, कुनको कति लाभांश ?

आज (पौष १६ गते, शुक्रबार) विभिन्न ३ वटा कम्पनीको साधारण सभा हुँदैछ । घलेम्दी हाइड्रोपावर, सूर्योदय लघुवित्त र वोमी लघुवित्तको साधारण सभा आज हुन लागेको हो । जसमध्ये २ वटा कम्पनीको लाभांश प्रस्ताव रहेको छ भने एक कम्पनीको सेयरधनीहरुको हात खाली हुनेछ ।

सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मंसिर २२ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे नवाैँ वार्षिक साधारण सभा आज (पौष १६ गते, शुक्रबार) सहयात्री पार्टी प्यालेस, पुतलीबजार, स्याङ्जामा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा संस्थाको कार्तिक २५ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । यसका साथै, सभामा सुर्योदय लघुवित्त वित्तीय संस्था वाेमी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग गाभ्ने/गाभिने (मर्जर) काे प्रस्ताव पारित गरिनेछ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडबीच भदाै १५ गते, मंगलबार गाभिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियाे । बैंक तथा  वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम भदाै १६ गते, बुधबारबाट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुवै संस्थाकाे काराेबार राेक्का रहेकाे छ ।

घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको आठौँ वार्षिक साधारण सभा आज (पौष १६ गते, शुक्रबार) सासा ब्याङ्क्वेट, नयाँ बजार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण कार्यको लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावली बमोजिम संस्थापक तर्फको सञ्चालक समिति गठन गर्ने प्रस्ताव सभामा पारित गरिनेछ । कम्पनीले लाभांश प्रस्ताव गरेकाे छैन । कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष ५ गतेदेखि पाैष १६ गतेसम्म बुकक्लाेज गरेकाे छ । त्यसैले, पाैष ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मंसिर २१ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे दशाैँ वार्षिक साधारण सभा आज (पौष १६ गते, शुक्रबार) धुलिखेल नगरपालिका -४, धुलिखेल, काभ्रेपलाञ्चाेकस्थित हाेटल अरनिकाे सभाहलमा बिहान ११ बजेबाट हुनेछ । सभामा संस्थाको कार्तिक २५ गते, बिहिबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष १ गतेदेखि पाैष १६ गतेसम्म बुकक्लोज गरेको छ । त्यसैले, मंसिर २९ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको