हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३२औँ वार्षिक साधारण सभा आज काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न गरेको छ। सभाको अध्यक्षता कम्पनीका सञ्चालक समिति अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले गरेका थिए।
साधारण सभामा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत अञ्जू श्रेष्ठको समेत उपस्थिति रहेको थियो। सभाले सञ्चालक समितिबाट प्रस्तुत गरिएको प्रस्तावअनुसार हालको चुक्ता पूँजीका आधारमा सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने निर्णय स्वीकृत गरेको छ।
यसका साथै, कम्पनीको अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा अन्य वित्तीय विवरणहरू पनि सभाबाट अनुमोदन गरिएको छ। चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित भएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले यसअघि नै पुस २१ गते सेयरधनी दर्ता किताब बन्द गरेको थियो। त्यसअनुसार पुस २० गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्ने व्यवस्था गरिएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस