Like us!
Follow us!
Connect us!
Watch us!

२०२१ को 'मल्टिब्यागर' बन्यो फाइनान्स सेक्टर, इन्भेष्टमेन्ट समूहको वृद्धि ऋणात्मक

अर्थ संसार

शनिबार, १७ पुस २०७८, ११ : १८ मा प्रकाशित

२०२१ को 'मल्टिब्यागर' बन्यो फाइनान्स सेक्टर, इन्भेष्टमेन्ट समूहको वृद्धि ऋणात्मक

सन् २०२१ नेपाली सेयर लगानीकर्ताहरुको लागि अविस्मरणीय रह्यो। सुरुवाती महिनाहरुमा बजारमा एक्स्ट्रिम बुलिसनेस देखिँदा लगानीकर्ताहरुमा उल्लास छाएको थियो भने अन्तिम महिनाहरुमा छोटो समयमै बजार तिब्र रुपमा घट्न जाँदा आम लगानीकर्तामा निराशा छाईरह्यो।  

सन् २०२१ जनवरी ३ देखि २०२१ को कारोबार सुरु भयो।  त्यहाँदेखि २०२१ को अन्तिम कारोबार सम्म आइपुग्दा नेप्से लगाएत अन्य सब इन्डेक्सहरुमा के कस्तो उतार चढाव देखियो भन्ने कुरालाई हामीले यो आलेखमा प्रस्तुत गरेका छौँ।  

सन् २०२१ को पहिलो दिनको कारोबारमा नेप्से इन्डेक्स २१०६ को विन्दुमा ओपन भएको थियो । यही वर्ष नेप्सेले आफ्नो अहिलेसम्मको अल टाइम हाइ ३२२५ चुम्न सफल भएको थियो। वर्षको अन्तिममा आइपुग्दा नेप्से २५२४ को अंकमा आएर बन्द भएको छ।  प्रतिशतको हिसाबमा हेर्ने हो भने नेप्सेको ओपनिङ्ग इन्डेक्स देखि यसको उच्चतम इन्डेक्स ३२२५ सम्म पुग्दा करिब ५३% ले बढेको थियो भने सन् २०२१ भरिमा नेप्से २१०५ मा खुलेर २५२४ मा बन्द हुँदै गर्दा २०% को हाराहारीमा बढेर बन्द भएको छ।  

त्यस्तै  १५९८ को बिन्दुमा ओपन भएको बैंकिंग सेक्टरले १७०२ को विन्दुमा क्लोजिंग दिएको छ।  आफ्नो उच्चतम बिन्दु २१९५ चुम्दा बैंकिंग सेक्टरमा ३७% को ग्रोथ देखिएको थियो भने ओपनिङ्ग र क्लोजिंग इन्डेक्स बीच तुलना गर्दा जम्मा ६% को हाराहारीको वार्षिक ग्रोथ देखिएको छ।

विकास बैंक समूह ग्रोथको मामलामा केहि अगाडी देखिएको छ।  २१३८ मा ओपन भएको यो समूहको इन्डेक्स ४२२५ को बिन्दुमा क्लोज भएको छ।  वार्षिक ग्रोथ करिब ९६% को हाराहारीमा देखिएको छ भने आफ्नो अहिलेसम्मको अल टाइम हाइमा पुग्दै गर्दा बिकाश बैंक समूह करिब २००% ले बढेको थियो।  

यो वर्ष सर्वाधिक कमाउने सेक्टर बन्यो फाइनान्स समूह ! ८६६ को बिन्दुमा ओपन भएको फाइनान्स इन्डेक्स २०७५ को बिन्दुमा क्लोज भयो।  करिब १४०% को वार्षिक क्यापिटल ग्रोथ देखिएको  यो सेक्टरले  अहिले सम्मको अल टाइम हाइको बिन्दु ३३५० चुम्दै गर्दा यसमा २८८% को उच्च प्रतिशतले बढेको देखिएको थियो।  

माइक्रो फाइनान्स समूहको ओपनिङ्ग इन्डेक्स ३३१८ थियो।  उच्चतम बिन्दु ६११० लाइ चुम्दै गर्दा यसमा ८४% को वृद्धि देखिएको थियो भने ४८९२ को विन्दुमा क्लोज हुँदै गर्दा यो समूहको वार्षिक वृद्धि ४७% देखिएको छ।  

हाइड्रोपावर सेक्टरले १५८० को बिन्दुमा ओपनिङ्ग दिएको थियो। हाइड्रोपावरले आफ्नो उच्च विन्दु ३९६५ चुम्दै गर्दा करिब १५१% को वृद्धि देखिएको थियो भने यसले २७५५ मा क्लोजिंग दिएको छ।  वार्षिक वृद्धि ७५% को देखिएको छ।  

होटेल एंड टुरिजम सेक्टर १८८० को बिन्दुमा ओपन भएको थियो।  ३०२३ को बिन्दुमा क्लोज हुँदा वार्षिक ६०% को ग्रोथ ग्रोथ यो सेक्टरमा पनि देखिएको छ।  

२३३० को बिन्दुमा ओपन भएको ट्रेडिङ्ग सेक्टर २६२८ को बिन्दुमा क्लोज भएको छ।  वार्षिक वृद्धि १३% को देखिएको यो सेक्टर आफ्नो अहिले सम्मकै उच्च विन्दु ४२९७ मा रहँदै गर्दा ओपनिङ्ग इन्डेक्स बाट करिब १०६% को वृद्धि देखिएको थियो।  

लाइफ इन्स्योरेन्स सेक्टर ९४५० को विन्दुमा ओपन भएको थियो भने ११६१० को बिन्दुमा क्लोज भएको छ।  यसको वार्षिक वृद्धि जम्मा ५% को देखिएको छ भने यो सेक्टर आहिले सम्मकै उच्च विन्दु १९५३१ मा पुग्दै गर्दा ओपनिङ्ग इन्डेक्सबाट करिब ४४% को वृद्धि भएको थियो।  

नन लाइफ सेक्टरले लाइफ इन्स्योरेन्स सेक्टरको तुलनामा राम्रो वृद्धि गरेको छ। यो बर्षको ९४५० मा ओपन भएको यो समूहमा  आफ्नो अहिले सम्मकै उच्च बिन्दु १५७२७ पुग्दै गर्दा करिब ६६% को वृद्धि देखिएको थियो भने ओपनिङ्ग र क्लोजिंग इन्डेक्स बीच तुलना गर्दा २२% हाराहारीको वृद्धि देखिएको छ।  

इन्भेष्टमेन्ट समूह ऋणात्मक देखिएको छ। नेप्सेले यहि बर्ष १०० को बेस प्राइसमा यसको इन्डेक्स ओपन गरेको थियो।  आफ्नो अहिलेसम्मको अल टाइम हाइ १२३ को इन्डेक्स चुम्दै गर्दा यो सेक्टरमा पनि २९% को ग्रोथ देखिएको थियो भने ओपनिङ्ग भन्दा तल गएर ७७ को बिन्दुमा क्लोज हुँदा यसमा -१८% को घटोत्तरी देखिएको छ।  

अन्य समुहमा पनि समग्रमा १५% को वार्षिक वृद्धि देखिएको छ भने यसले आहिले सम्मको उच्च विन्दु चुम्दै गर्दा यसमा ४१% को ग्रोथ देखिएको थियो।  

म्युचुअल फन्ड समुहमा पनि २९% को वार्षिक ग्रोथ देखिएको छ। यो समुहले आफ्नो अहिलेसम्मकै उच्च बिन्दु चुम्दै गर्दा यसमा पनि ६२% को ग्रोथ देखिएको थियो। 

 

61cedfccc77d1.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको