Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंककाे नयाँ निर्देशन : भन्सार कार्यालयको राजस्व पनि विद्युतीय माध्यमबाट तिर्नुपर्ने

अर्थ संसार

शुक्रबार, १६ पुस २०७८, १६ : ५४ मा प्रकाशित

राष्ट्र बैंककाे नयाँ निर्देशन : भन्सार कार्यालयको राजस्व पनि विद्युतीय माध्यमबाट तिर्नुपर्ने

भन्सार कार्यालयको राजस्व पनि विद्युतीय माध्यमबाट तिर्नुपर्ने भएकाे छ ।

राष्ट्र बैंकले शुक्रबार विदेशी विनियम कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र, २०७६ मा संशोधन गर्दै विद्युतीय माध्यमबाट राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयले विद्युतीय माध्यमबाटै राजस्व लिनुपर्ने निर्देशन दिएकाे हाे । भन्सारमा धरौटी रकम भने चेकमा पनि स्वीकार गर्न सकिनेछ ।

यसका साथै, राष्ट्र बैंकले नेपाली नागरिक तथा नेपालमा विधिवत दर्ता भएका फर्म, कम्पनी, संघ/संस्थाले भारतस्थित नियोग, संघ/संस्था, कम्पनीसँग लिने विभिन्न सेवा सुविधाको लागि ३ लाख भारतीय रुपैयाँसम्म सटही गर्न पाउने व्यवस्था गरेको छ । ३ करोड भारु भन्दा बढीको सामान आयात गर्दा अनिवार्य रुपमा प्रतीतपत्रमार्फत गर्नुपर्नेछ । प्रतीतपत्र, ड्राफ्ट वा टीटीको माध्यमबाट सामान आयात गर्दा नियमानुसार २ वा १० प्रतिशत धरौटी बुझाउनुपर्ने राष्ट्र बैंककाे सूचनामा उल्लेख छ ।

राष्ट्र बैंककाे नयाँ निर्देशन यस प्रकारकाे छ :

 

61cee6db10821.jpg 61cee6e1a7bff.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको