Like us!
Follow us!
Connect us!
Watch us!

दुई मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द

अर्थ संसार

विहीबार, २३ असोज २०८२, ०८ : ५९ मा प्रकाशित

दुई मनिचेञ्जर कम्पनीको लाइसेन्स रद्द

नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त दुई मनिचेञ्जरहरूको लाइसेन्स रद्द गरिदिएको छ । कम्पनीहरूले नवीकरण नगरेपछि राष्ट्र बैंकले लाइसेन्स रद्द गरिदिएको हो ।

राष्ट्र बैंकले काठमाडौंको मित्रनगरमा रहेको युनियन करेन्सी एक्सचेन्ज प्रा. लि. र काठमाडौंकै ठमेलमा रहेको के.टी.एम. ओम मनि एक्सचेन्ज प्रा. लि.को लाइसेन्स रद्द गरेको हो । यी दुई कम्पनीहरूले नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेको जनाएको छ ।

उक्त विनियमावलीमा म्याद समाप्त भएको मितिले तीन महीनाभित्र नवीकरण गर्नुपर्ने प्रावधान रहेको छ । कम्पनीहरूले सोही बमोजिम नवीकरण नगरेपछि लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको