Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय संस्थाका लागि समय थप : अब पहिलो त्रैमासको विवरण प्रकाशन गर्न सजिलो

अर्थ संसार

आइतबार, ०२ कार्तिक २०८२, १० : ५४ मा प्रकाशित

वित्तीय संस्थाका लागि समय थप : अब पहिलो त्रैमासको विवरण प्रकाशन गर्न सजिलो

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थप समय दिएको छ। लामो तिहार बिदा परेको कारण राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन जारी गर्दै विवरण पेस गर्ने र प्रकाशन गर्ने म्याद कात्तिक २१ गतेसम्मका लागि विस्तार गरेको हो।

यसअघि लागू प्रावधान अनुसार बैंक तथा वित्तीय संस्थाले त्रैमास समाप्त भएको १५ दिनभित्र नै आफ्नो अन्तरिम वित्तीय विवरण प्रकाशित गर्नुपर्ने व्यवस्था थियो। तर, हालको निर्देशना अनुसार “क”, “ख” र “ग” वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था तथा पूर्वाधार विकास बैंकलाई अब कात्तिक २१ गतेभित्र राष्ट्र बैंकमा पठाउनुपर्ने मासिक र त्रैमासिक विवरण, साथै सार्वजनिक गर्नुपर्ने अन्तरिम प्रतिवेदन बुझाउन सक्ने व्यवस्था मिलाइएको छ।

राष्ट्र बैंकले यससँगै अर्को निर्देशन पनि जारी गरेको छ। उक्त निर्देशन अनुसार आ.व. २०८२/८३ को पहिलो त्रैमासमा प्रोदभावी (Accrual) आधारमा लेखाङ्कन गरिएको ब्याज आम्दानीमध्ये कात्तिक १५ गतेसम्म प्राप्त हुन बाँकी रकममा प्रचलित व्यवस्था अनुसार आयकर, कर्मचारी बोनस र वैधानिक कोष (जस्तै साधारण जगेडा कोष तथा संस्थागत सामाजिक उत्तरदायित्व कोष) मा छुट्याइने रकम घटाएपछि बाँकी रहने हिस्सा सञ्चित मुनाफाबाट खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको