Like us!
Follow us!
Connect us!
Watch us!

५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको कति लाभांश ?

अर्थ संसार

आइतबार, १८ पुस २०७८, १० : २४ मा प्रकाशित

५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको कति लाभांश ?

विभिन्न ५ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज (पौष १८ गते, आइतबार) अन्तिम दिन रहेको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड र प्राेग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १९ गते, साेमबार बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (पौष १८ गते, आइतबार) सम्म नेप्सेमा काराेबार भइ कायम हुने सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

बैंककाे ११औं वार्षिक साधारण सभा पाैष ३० गते, शुक्रबार आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि भिडियो कन्फ्रेन्समार्फत सुरु हुनेछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट पाँच दशमलव ७५ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १९ गतेदेखि पाैष २९ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (पौष १८ गते, आइतबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाकाे एघाराैँ वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार होटल सारथी, धुलिखेल काभ्रेपलाञ्चाेकमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल विद्यामान चुक्ता पूँजीको २० प्रतिशत बाेनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १९ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (पौष १८ गते, आइतबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाकाे एघाराैँ वार्षिक साधारण सभा पाैष २९ गते, बिहीबार न्यू बाैवा हाेटल एण्ड गेष्ट हाउसकाे सभा हल, मिथिला नगरपालिका-१०, लालगढ, धनुषामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा संस्थाको मंसिर २४ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.३१५७८९५ प्रतिशत नगद गरी कुल २६.३१५७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

कालिका पावर कम्पनी लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १९ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (पौष १८ गते, आइतबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीकाे वार्षिक साधारण सभा पुस ३० गते कम्पनीको रजिष्टर्ड कार्यालय भक्तपुर १० चितवनमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ नगद सहित १५.७८९५ लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

प्राेग्रेशिभ फाइनान्स कम्पनी लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भाेलि पाैष १९ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (पौष १८ गते, आइतबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीले पुस ३० गते ज्यापू प्रज्ञा भवन भोल गणेश ललितपुर, वडा नं ९ ललितपुरमा दिउँसो १ बजे साधारण सभा गर्दैछ । सभामा कम्पनीकाे पाैष १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.३६८४ प्रतिशत नगद गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको