Like us!
Follow us!
Connect us!
Watch us!

नबिल इन्भेष्टमेन्टको “आजीवन डिम्याट खाता” अफर, जीवनभर नविकरणको झन्झटबाट मुक्ति

अर्थ संसार

आइतबार, १८ पुस २०७८, ११ : २८ मा प्रकाशित

नबिल इन्भेष्टमेन्टको “आजीवन डिम्याट खाता” अफर, जीवनभर नविकरणको झन्झटबाट मुक्ति

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले  'आजीवन डिम्याट खाता' २०२२ अफर ल्याएकाे छ । कम्पनीले आफ्ना विद्यमान कायम हितग्राही खातावालाहरु तथा नयाँ खाता खोल्न चाहने खातावाहरुलाई प्रत्येक वर्ष नविकरण गराउनु पर्ने झन्झटबाट मुक्त गराउने उदे्श्यले नेपाल मै पहिलो पटक आजिवन डिम्याट खाताको योजना ल्याएको हाे ।

यो योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकै पटक ३ हजार रुपैयाँ भुक्तानी गरी आजिवन नविकरण गर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् । तर अँग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा जनवरी ०१, २०२२ वर्षभरीका लागि अर्थात अन्तिम डिसेम्बर २०२२ सम्मका लागि यस्तो खाता खोल्न चाहने लगानीकर्ताहरुको लागि कम्पनीले ९ सय ७८ रूपैयाँ छुटसहित जम्मा २ हजार २२ रुपैयाँ मात्रमा जीवनभर नविकरणको झन्झटबाट मुक्त हुने आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्न पाउने व्यवस्था गरेको छ ।

यस्तो सुविधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नविकरण बापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् । साथै आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको https://onlinedemat.nabilinvest.com.np/ मा गई खोल्न सकिनेछ भने नविकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि https://onlinedemat.nabilinvest.com.np/Payment/DematRenew मा गई अनलाईनबाट नै भुक्तानी गर्न सकिनेछ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको