Like us!
Follow us!
Connect us!
Watch us!

डिम्याट र मेरो सेयर नविकरणबाटै उठ्छ ८० करोड बढी रकम, कसलाई कति ?

अर्थ संसार

सोमबार, ०८ साउन २०८०, १४ : ०० मा प्रकाशित

डिम्याट र मेरो सेयर नविकरणबाटै उठ्छ ८० करोड बढी रकम, कसलाई कति ?

नयाँ आर्थिक वर्ष सुरू भईसकेको छ । असार मसान्त नजिकिए देखिनै निक्षेप सदस्य (डिपी) हरुले डिम्याट (हितग्राही) खाता र मेरो सेयर नविकरण गर्न धमाधम सूचना प्रकाशन गरिरहेका थिए । हरेक आर्थिक वर्षको अन्त्यसम्ममा डिम्याट खाता नविकरण गर्नुपर्ने व्यवस्था हुन्छ । मेरो सेयरको खाता भने आफुले खोलेको मितिले पूरा भएको वर्षको अन्त्यमा नवीकरण गर्नुपर्छ । तर कति लगानीकर्ताहरूले असार मसान्तसम्म नविकरण नगरिसक्ने हुनाले असार मसान्त सकिए पनि यही साउन १५ गतेसम्म नविकरण गर्ने म्याद रहेको छ ।

नेपालमा पछिल्लो समय सेयर बजारमा लगानीकर्ताहरू थपिने क्रम बढ्दो छ । केही हदसम्म नेपाली पूँजी बजार पनि प्रविधीमैत्री भएको छ । प्रविधीले गर्दा घरमै बसीबसी सेयर बजारमा लगानी गर्न सहज भएको छ । पहिलाको जस्तो  कार्यालय धाउनु पर्ने बाध्यता अब छैन । नविकरणको हकमा पनि यही नै हो, प्रविधीले गर्दा नविकरणलाई पनि सहज बनाएको छ । आजकाल डिम्याट नविकरण गर्नै भनेर निक्षेप सदस्यको कार्यालयसम्म धाउनु पर्दैन । घरमै बसीबसी अथवा अफिसबाटै आफ्नो मोबाइल, ल्यापटप, कम्प्युटर लगायतबाट मेरो सेयर र डिम्याट खाता नविकरण गर्न सकिन्छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा डिम्याट खाता खोल्नेको संख्या ५७ लाख ६२ हजार ८ सय ६ जना रहेको छ । यता मेरो सेयर प्रयोगकर्ताको संख्या पनि ४८ लाख ३२ हजार ८ सय ११ जना नाघेको छ । यद्यपी यी सबै खाता सक्रिय चाहीँ छैनन् । कति खाता एउटै व्यक्तिले दुई ठाउँमा खोलेका हुनसक्छन् । यस्ता खाता नविकरण नहुन सक्छ यदि खुलेका सबै खाता नविकरण भए भने ८० करोड भन्दा बढी रकम संकलन हुन्छ ।

नेपालमा डिम्याट खाता नविकरण गर्दा वार्षिक रूपमा १०० रूपैयाँ तिर्नुपर्छ । यस्तै, मेरो सेयर नविकरण गर्दा वार्षिक रूपमा ५० रूपैयाँ तिर्नुपर्छ । ५७ लाख ६२ हजार ८ सय ६ जनाको डिम्याट खाता नविकरण बापत ५७ करोड ६२ लाख ८० हजार ६ सय रूपैयाँ संकलन हुन्छ । अनि ४८ लाख ३२ हजार ८ सय ११ जनाको मेरो सेयर नविकरण बापत २४ कराेड १६ लाख ४० हजार ५ सय ५० रूपैयाँ संकलन हुन्छ । यो दुईवटा रकम जोड्दा एकमुष्ठ रूपमा ८१ करोड ७९ लाख २१ हजार एक सय ५० रूपैयाँ संकलन हुन्छ ।

कसलाई कति ?

डिम्याट खाता नविकरण बापतको १० प्रतिशत (१० रूपैयाँ) सिडिएसले पाउने र बाँकी ९० प्रतिशत चाहीँ डीपी कार्यालय अर्थात् निक्षेप सदस्यहरूले पाउने सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् । यता मेरो सेयर नविकरण बापतको रकम भने दुवै पक्षले ५०-५० प्रतिशत पाउनेछन् । मेरो सेयर नविकरण बापतको ५० रूपैयाँमा २५ रूपैयाँ सिडिएसले पाउने र २५ रूपैयाँ डिपीहरूले राख्ने उनले बताए ।

कसरी गर्ने डिम्याट तथा मेरो सेयर नविकरण ?

मेरो सेयरको वेबसाइट खोलेपश्चात् माथिल्लो दायाँ  कुनामा आफ्नो नाम देखिन्छ त्यहाँ क्लिक गर्ने। त्यसपछि त्यहाँ व्यक्तिगत विवरण (My Profile) देखिन्छ । सोही पृष्ठमा अकाउन्ट इन्फरमेसनमा (Account Information) डिम्याट र मेरो सेयरको म्याद देखिन्छ । त्यहाँ दिइएको मितिभन्दा अगाडि नै आफ्नो खाता नविकरण गर्नुपर्छ।

पहिला पहिला निक्षेप कार्यालय पुगेर नै नविकरण गर्नुपर्ने बाध्यता थियो । तर अब भने घरमै बसीबसी कनेक्ट आईपीएस, इ ( सेवा, खल्ती, प्रभु पे, आइएमई पे जस्ता डिजिटल माध्यमबाट भुक्तानी गरी लगानीकर्ताहरूले डिम्याट खाता तथा मेरो सेयर नविकरण गर्न सक्नेछन् ।

नविकरण नगरे के हुन्छ ?

तोकिएको समयमा डिम्याट खाताको वार्षिक शुल्क भुक्तानी नगरेमा खाता फ्रिज अर्थात् रोक्का हुन्छ ।  त्यस्तै, मेरो सेयर सेवा लिएका हितग्राही महानुभावहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरी सक्नुपर्ने र सो समयवधिभित्र नविकरण नभएमा मेरो सेयरबाट प्रदान हुने सबै सेवा बन्द हुनेछ । लगानीकर्ताहरूले मेरो सेयर नविकरण नगरी किन आईपीओ पनि भर्न मिल्दैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको