Like us!
Follow us!
Connect us!
Watch us!

जाडो मौसममा प्रभु क्यापिटलको “न्यानो अफर”

अर्थ संसार

बुधबार, २८ मंसिर २०७९, १३ : २४ मा प्रकाशित

जाडो मौसममा प्रभु क्यापिटलको “न्यानो अफर”

प्रभु क्यापिटलले यस वर्षको जाडो मौसममा घरमै बसीबसी अनलाईनबाट प्रभु क्यापिटलको कार्यालय कमलादी वा प्रभु बैंकको शाखामा गई डिम्याट खाता खोल्न चाहने ग्राहकहरुको लागि “Heli Ride को सफर” With Prabhu Capital को “न्यानो Special Offer”  भन्ने स्लोगनसहित निःशुल्क डिम्याट स्किम ल्याएकाे छ ।

यो योजना यही १ पौषबाट ३० चैत्रसम्म लागू हुने क्यापिटलले जनाएको छ जसमा ग्राहकले १ वर्षका लागि Free डिम्याट खाता र मेरो शेयर प्राप्त गर्नेछन्। यस योजनाको ज्यादै आकर्षण पक्ष क्यापिटलले योजना अवधिभर खाता खोल्ने ग्राहकलाई दिने अतिरिक्त सुविधा हो जसमा Lottery बाट १० जना भाग्यशाली बिजेताको छनौट गरिनेछ जसले आजीवन निःशुल्क Demat पाउनेछन् भने एकजना भाग्यशाली विजेताले निःशुल्क Gosainkunda Heli Ride जित्नेछन् ।

पूँजी बजारमा नयाँ लगानीकर्ता भित्र्याउने तथा सक्रिय रुपमा पूँजी बजारमा लाग्न प्रेरित गर्ने उद्वेश्यले ल्याएको यो योजनामा देश विदेशमा रहने नेपालीहरुले स्वयम् उपस्थित रहेर खाता खोल्नुका साथै वेबसाइट तथा मोबाइल एपबाटै अनलाईन डिम्याट गरी भिडियो केवाइसि सहितको डिम्याट खाता आफू रहेको ठाउँबाटै खोल्न सक्ने क्यापिटलले जनाएको छ । जसमा व्यक्तिले अनलाईन रिक्वेस्ट गर्दा भिडियो केवाईसी वा एप केवाईसी छनौट गरी आफू अनुकूल समयमा समय लिई तुरुन्तै अनलाईन डिम्याट खाताको सुविधा पाउनेछन् ।

प्रभु क्यापिटलको “न्यानो Special Offer” डिम्याट खाताको विशेषताहरुः

- निःशुल्क डिम्याट खाता सँगै मेरो शेयर खाता ।
- Scheme अवधिभरको हितग्राहीमध्ये “१० जना भाग्यशाली हितग्राही बिजेतालाई आजीवन फ्री डिम्याट” ।
- १ जना लाई “गोसाईकुण्ड Heli Ride Offer”
- अनलाईन मार्फत खाता खोल्न सकिने
- Video KYC द्वारा KYC verification हुने 
- पिएमएस सेवाको वार्षिक शुल्कमा ५० प्रतिशत छुट । 

प्रभु क्यापिटल लिमिटेड नेपाली पूँजी बजारमा Video KYC मार्फत तुरुन्तै डिम्याट खाता खोल्ने सुविधा ल्याएको एकमात्र मर्चेन्ट कम्पनी हो जसले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई फरक ढंगबाट सेवा प्रदान गर्दै आईरहेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको