Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकको लिलामी सेयर बाँडफाँड, कट अफ प्राइस कति?

अर्थ संसार

आइतबार, १८ पुस २०७८, १२ : २९ मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकको लिलामी सेयर बाँडफाँड, कट अफ प्राइस कति?

एक्सेल डेभलपमेन्ट बैंकले  मंसिर २९ गते, बुधबारबाट पाैष ७ गते, बुधबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर बाँडफाँड गरिएकाे छ ।

उक्त अवितरित हकप्रद सेयरमा परेका बाेलपत्रहरू पाैष १३ गते, मंगलबार खोलिएर पाैष १५ गते, बिहीबार बाँडफाँड गरिएकाे हाे । लिलामी सेयरमा ४५६ रुपैयाँ ७८ पैसा कट अफ कायम भएकाे छ ।

बोलपत्रमा नपरेका बोलपत्रवालाहरुलाई बोलपत्र फाराममा उल्लेख गरेको बैंक खातामा भाेलि (पाैष १९ गते, साेमबार) बाट रकमान्तर गरिने पनि कम्पनीले जानकारी दिएकाे छ । 

बैंकले सर्वसाधारण समुहतर्फकाे २७ हजार २ सय ५७ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे । बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको