Like us!
Follow us!
Connect us!
Watch us!

५२ साताको उच्च बिन्दु बाट धेरै मूल्य घट्ने १० कम्पनीः निफ्रा ५६ प्रतिशत घट्दा अन्य कति ?

अर्थ संसार

बुधबार, २१ पुस २०७८, ०९ : ०० मा प्रकाशित

५२ साताको उच्च बिन्दु बाट धेरै मूल्य घट्ने १० कम्पनीः निफ्रा ५६ प्रतिशत घट्दा अन्य कति ?

पछिल्लो केहि महिना देखि निरन्तर रुपमा  ओरालो लागेको नेपालको सेयर बजार विगत ३ दिन देखि केहि सम्हालिएको छ । नेप्से हाल सम्म सर्वाधिक उच्च विन्दुबाट करिब एक हजार अंकले घटेको नेप्से अहिले केहि सम्हालिदैँ ६०० अंकले तल छ । नेप्से परिसूचकसंगै नेप्सेमा सुचिकृत अधिकांश कम्पनीहरुको सेयर मूल्य पनि ओरालो लागेको हो । 

यो करिब ५ महिनाको अवधिमा कतिपय कम्पनीहरुको सेयर मूल्य त करिब ५० प्रतिशत भन्दा पनि बढिले घटेको छ भने धेरै कम्पनीहरुको सेयर मूल्य करिब २० प्रतिशतको हारहारीमा घटेको देखिन्छ । सरकार र नियामक निकायहरुको निरन्तर प्रहारले नेप्सेले ओरालो यात्रा तय गरेको जानकारहरुको तर्क छ । 

यदि कम्पनीहरुको मूल्य अत्याधिक बढेकै कारण नेप्सेमा करेक्सन आएको भए त अहिलेसम्म तुलनात्मक रुपले बढ्दै नबढेको र अन्डरभ्यालुड मानिने वाणिज्य बैंकहरुको सेयर मूल्यमा गिरावट नआउनुपर्ने हो तर आएको छ सबै कम्पनीहरु र क्षेत्रहरु करिब करिब एकै किसिमले घटिरहेकाछन् त्यसैले यो नियजित रुपमा बजार घटाउने खेल भएको आरोप लगाउछन् लगानीकर्ता दिनेश लामिछाने । 

यी मध्य कतिपय कम्पनीहरुको हकप्रद र बोनस पछिको सेयर मूल्य समायोजनका कारण पनि सेयर मूल्यमा गिरावट आएको हो ।

पछिल्लो ५२ हप्ताको सर्वाधिक उच्च सेयर मूल्यबाट कतिपय कम्पनीहरुको सेयर मूल्य ५० प्रतिशत भन्दा बढिले घटिसकेको छ । ५२ हप्ताको सर्वाधिक उच्च मूल्यका आधारमा सबैभन्दा बढि सेयर मूल्य घट्ने कम्पनीमा हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) रहेको छ यो कम्पनीको मूल्य यो अवधीमा ५६.९१ प्रतिशतले घटेको छ त्यसै गरी ५२ हप्ताकै सर्वाधिक मूल्यबाट सर्वाधिक सेयर मूल्य घट्ने अर्को कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड रहेको छ । यो कम्पनीको ५२ हप्ताको सर्वाधिक उच्च मूल्य प्रतिकित्ता ७२६ रुपैयाँ रहेकोमा हिजोको अन्तिम कारोबार सम्ममा यो कम्पनीको सेयर मूल्य ५६.४६ प्रतिशतले घटेर ३१६ रुपैयाँ पुगेको छ । 

५२ हप्ताकै उच्च बिन्दुबाट धेरै सेयर मूल्य घट्ने कम्पनीहरु:
 

61d4fe4c65e86.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको