Like us!
Follow us!
Connect us!
Watch us!

नाडेप लघुवित्तले डाक्यो साधारणसभा, के-के छन् ऐजेन्डा ?

अर्थ संसार

बुधबार, २१ पुस २०७८, १० : २१ मा प्रकाशित

नाडेप लघुवित्तले डाक्यो साधारणसभा, के-के छन् ऐजेन्डा ?

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ साधारणसभा आह्वान गरेको छ  ।

संस्थाको पौष २० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ९ औँ वार्षिक साधारण सभा माघ १४ गते, धादिङको नौबिसेस्थित नौबिसे एग्रो रिसोर्टमा बिहान ११ बजेदेखि अनलाइन माध्यमबाट हुनेछ। 

सभाले संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस र कर प्रयोजनार्थ १.०५३ प्रतिशत नगद लाभांश गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

मर्जर प्रयोजनका लागि २०७७ पुस १६ गतेदेखि सेयर कारोबार रोक्का रहेकोले यो वार्षिक साधारणसभामा सेयर दाखिला बन्द यथावत रहने संस्थाले जनाएको छ।

डिप्रोक्स लघुवित्तले नाडेप लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा समझदारी भई नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको भएता पनि यी दुइ संस्था अन्तिम समझदारीमा भने पुग्न सकेनन् । त्यसपछि दुवै संस्थाले राष्ट्र बैंकसमक्ष सैद्धान्तिक सहमति बदर गर्न अनुरोध गरे। राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति बदर भई आएकोले सो सम्बन्धमा भए गरेका सम्पूर्ण कार्यहरुको अनुमोदन पनि सभाले गर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको