Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक स्टक डिलरको साधारणसभा आज, १.५० करोड कित्ता आईपिओ निष्काशनको प्रस्ताव पारित हुँदै

अर्थ संसार

शुक्रबार, २३ पुस २०७८, ०७ : ०० मा प्रकाशित

नागरिक स्टक डिलरको साधारणसभा आज, १.५० करोड कित्ता आईपिओ निष्काशनको प्रस्ताव पारित हुँदै

नागरिक स्टक डिलर कम्पनीको दोस्रो साधारणसभा नागरिक लगानी कोष भवन, नयाँ बानेश्वर, काठमाडौंमा आज पुस २३ गते अपरान्ह ३ः३० बजेबाट सुरु हुनेछ ।

सभाले विशेष प्रस्तावका रुपमा नियमनकारी निकायको स्वीकृती पश्चात जारी गर्ने गरी कम्पनीको जारी पूँजीको ३० प्रतिशतले हुने १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता शेयर सर्वसाधारणमा (सर्वसाधारण समुहभित्र नै बर्गिकरण हुने गरी कर्मचारीलाई छुट्याइएको २ प्रतिशत सेयर सहित) प्राथमिक सेयर (आईपिओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले आ.व. २०७७र०७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल लेखापरीक्षकको प्रतिवेदन आर्थिक वर्ष २०७८र०७९ को लागि बाह्य लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने सम्बन्धमा । कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट संचालकहरुको मनोनयन र निर्वाचन गर्ने र  संचालकहरुको पारिश्रमिक, भत्ता एवं सुबिधा अनुमोदन तथा निर्धारण गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको