Like us!
Follow us!
Connect us!
Watch us!

६ वर्षमा दोब्बरले बढ्यो सवारीसाधन, ट्राफिक जामले सास्ती

पत्रपत्रिका

शुक्रबार, २३ पुस २०७८, ०७ : ३७ मा प्रकाशित

६ वर्षमा दोब्बरले बढ्यो सवारीसाधन, ट्राफिक जामले सास्ती

पछिल्लो आधा दशकमा काठमाडौँ उपत्यकामा सवारीसाधनको सङ्ख्या दोब्बरले बढेको छ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले २०६८ सालमा उपत्यकाका सडक चौडा बनाउने अभियान सुरु गरेका थिए । अहिले उपत्यकामा सडकको कूल लम्बाइ २ हजार ८६ किलोमिटर पुगेको छ । तर यस अवधिमा उपत्यकामा सवारीसाधन भने दोब्बर बढी थपिएका छन् ।

काठमाडौँको सडक सञ्जालको तुलनामा बर्सेनि सवारीसाधन थपिँदै गएपछि चोकचोकमा ट्राफिक जाम बाक्लै देखिन थालेको छ । यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०७२/७३ मा बागमती प्रदेशमा ९ लाख २२ हजार ९ सय सवारीसाधन दर्ता थिए । 

अहिले यो प्रदेशमा दर्ता सवारी सवारी साधनको सङ्ख्या २०७८/७९ कात्तिक मसान्तसम्म १७ लाख ६ हजार ८ सय ३४ पुगेको छ । जसमध्ये उपत्यकामा १५ लाखभन्दा बढी सवारीसाधन छन् । उपत्यकामा गुड्ने १५ लाख सवारी साधनमध्ये १३ लाखभन्दा बढी दुई पाङ्ग्रे छन् । २०७२/७३ मा दुई पाङ्ग्रेको सङ्ख्या सात लाख २२ हजार ७ सय २२ थियो । नागरिक दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको