Like us!
Follow us!
Connect us!
Watch us!

अदालतको आदेश पछि महालक्ष्मी विकास बैंकको निर्वाचन स्थगित !

अर्थ संसार

आइतबार, २५ पुस २०७८, १० : १५ मा प्रकाशित

अदालतको आदेश पछि महालक्ष्मी विकास बैंकको निर्वाचन स्थगित !

उच्च अदालत पाटनको आदेश पछि महालक्ष्मी विकास बैंकका सञ्चालकहरुको निर्वाचन कार्यक्रम स्थगित भएको छ । 

बैंकका शेयरधनी गिरिराज पोखरेल तथा प्रमोद श्रेष्ठले बैंकका समेत विरुद्ध श्री उच्च अदालत पाटनमा दिएको उत्प्रेषणको निवेदनमा उच्च अदालतवाट विपक्षीहरुका नाममा १५ दिन भित्र लिखित जवाफ पेश गर्नु भन्ने आदेश भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको बैंकले जनाएको छ । 

अदालतको आदेशमा भनिएको छ “यसमा निवेदकले माग गरेको अन्तरिम आदेश सम्बन्धमा विपक्षी समेतको करा सनी निर्णय लिन न्यायोचित हने देखिदा मिति २०७८/१०/०३ मा छलफल पेशी तोकि सो अवधिसम्म निवेदक प्रमोद श्रेष्ठको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १६(१) (क) बमोजिमको योग्यता भएको महालक्ष्मी विकास बैंकको मिति २०७८ पौष २० को पत्रबाट देखिएकोले सो अवधिसम्म निर्वाचन कार्यक्रमको बाँकि काम कारवाही नगर्नुू ।

सभाका लागी प्रस्ताव गरिएको सञ्चालक पदको निर्वाचन सम्बन्धी वाँकि कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको र बार्षिक साधारण सभा सम्वन्धी अन्य कार्यक्रमहरु यथावत सञ्चालन हुने बैंकले जनाएको छ । 

61da657785198.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको