नेपालमै पहिलो पटक कामना सेवा विकास बैंक लिमिटेडले मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका, वडा नं ५ बिहुँपोखरामा यही पौष २४ गते , वडा नं ५ का वडा अध्यक्ष शिव प्रसाद कडेल र यस बैंकका गण्डकी प्रदेश प्रमुख केदार नाथ शर्माबाट संयुक्त रुपमा मोबाइल एप प्रयोग गरी शाखारहित बैंकिङ्ग सेवा उद्घाटन समारोह सम्पन्न गरेको हाे ।
उक्त कार्यक्रममा वडा नं ५ का अन्य प्रतिनिधिहरु, स्थानियहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस