Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर इन्स्योरेन्सको ५ लाख बढी कित्ता संस्थापक सेयर लिलामीमा, मूल्य कति ?

अर्थ संसार

सोमबार, २६ पुस २०७८, ०७ : ११ मा प्रकाशित

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आज (पौष २६ गते, सोमबार) बाट संस्थापक समूहको सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको छ । कम्पनीले ५ लाख ४२ हजार ९ सय ६५ कित्ता संस्थापक सेयर लिलामी बढाबढ गरी बिक्री खुल्ला गरेको हो ।

उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले माघ ७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

उक्त सेयरको न्यूनतम मूल्य ३ सय ९५ रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम ५ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन्  । 

संस्थाको सेयर बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले एनआइसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौँमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको