Like us!
Follow us!
Connect us!
Watch us!

एचआइडिसिएलको सेयर लिलामी प्रकरण : फर्मको शूल्क र ब्याज समेत पाउनुपर्ने लगानीकर्ताको माग

अर्थ संसार

शुक्रबार, ०४ चैत्र २०७८, १४ : १२ मा प्रकाशित

एचआइडिसिएलको सेयर लिलामी प्रकरण : फर्मको शूल्क र ब्याज समेत पाउनुपर्ने लगानीकर्ताको माग

फागुन १ गते, आइतबारबाट बिक्री खुल्ला गरिएको हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को संस्थापक लिलामी सेयरमा शिलबन्दी बोलपत्र पेश गरेका लगानीकर्ताहरुले यति अवधिसम्मको आफ्नो पैसाको ब्याज र फर्मको शूल्क बापत तिरेको १०० रुपैयाँ पनि पिर्ता पाउनुपर्ने माग गरेकाछन् ।

नेपाल धितोपत्र बोर्डेले फागुन १२ गते कम्पनीलाई पत्र लेख्दै अर्को सूचना प्रकाशित नभएसम्मको लागि उक्त लिलाम बढाबढ मार्फत बिक्री गर्ने कार्य स्थगित गर्न निर्देशन दिएपछि फागुन १३ गतेदेखि उक्त प्रक्रिया स्थगित गरिएको थियो । लिलामी प्रक्रियामा थप अन्योलता देखिएपछि चैत्र २ गते नेपाल धितोपत्र बोर्डले एचआईडीसीएललाई सो अवधि भित्र आवेदकहरुको संकलित रकम फिर्ता गर्न निर्देशन दिए पछि कम्पनीले आज शुक्रबार देखि रकम फिर्ता गर्ने भन्दै आज एक सूचना प्रकाशन गरेको छ । 

हामिले बोलपत्र पेश गर्दा दिएको पैसा त कम्पनीले फिर्ता गर्ला तर कम्पनीको गल्तीका कारण हाम्रो लगानी यति लामो समय बन्धक भयो यसको क्षतिपुर्ती चाँहि दिनुपर्दैन ? एक लगानीकर्ताले प्रश्न गरे 'कम्तिमा पनि यो अवधिको ब्याज भएपनि हामिले पाउनुपर्छ' उनले भने 'बोलपत्र पेस गर्दा हामिले फर्म शूल्क बापत १०० रुपैयाँ पनि तिरेका छौ अब त्यो प्रक्रिया नै स्थगित भएपछि त्यो फर्मको शूल्क समेत हामिले फिर्ता पाँउनु पर्छ यो प्रक्रिया हाम्रो कारणले रोकिएको त हैन नि अनि किन हामिले क्षति व्यहोर्नुपर्ने ?'

बोलपत्रवालाको संकलित बोलपत्र फिर्ता भुक्तानीको प्रक्रियाः

१. शिलबन्दी बोलपत्र फिर्ताको लागि यस कम्पनीले तोकेको ढाँचामा निवेदन दिनु पर्नेछ । निवेदन साथ बोलपत्र दर्ता गर्दाको सक्कल दर्ता रसिद र नागरिकता वा आफ्नो परिचय खुल्ने कागजातको प्रतिलिपि अनिवार्य रुपमा पेश गर्नु पर्नेछ।

२. सक्कलै शिलबन्दी बोलपत्र बोलपत्रवालालाई फिर्ता गरिने छ।

३. बैंक भौचर/IPS मार्फत रकम जम्मा गरेका बोलपत्रवालाहरुको हकमा सम्बन्धित बोलपत्रवालाले रकम फिर्ता पाउनको लागि यस कम्पनीले तोकेको ढाँचामा सक्कल बैंक भौचर /IPS को Statement राखि निवेदन दिनु पर्नेछ।

४. सि.नं. ३ को निवेदनको आधारमा बोलपत्रवालाको रकम निष्काशन बैंकको खातामा जम्मा भएको यकिन गरे पश्चात् बोलपत्रवालाहरुको निवेदनमा उल्लेख भएको बैंक खातामा उक्त रकम निवेदन प्राप्त भएको भोलि पल्ट जम्मा गरिने छ।

५. Good for Payment Cheque मार्फत बोलपत्र पेश गरेका बोलपत्रवालाहरुको हकमा उक्त Good for Payment Cheque Cancel गर्नका लागि उक्त चेक संलग्न गरी निवेदन दिनु पर्नेछ र उक्त निवेदनको आधारमा चेक जारी गर्ने सम्बन्धित बैंकको नाउँमा Cheque Cancellation Letter उपलब्ध गराइनेछ।

बोलपत्रवालाले पेश गर्नुपर्ने कागजातहरुः

(क) निवेदनहरु (निवेदनहरु यस कम्पनीको वेभसाइट वा सम्बन्धित कार्यालयबाट प्राप्त गर्न सकिनेछ)।               

(ख) बोलपत्र दर्ता गर्दा बिक्री प्रबन्धक/संकलन केन्द्रले दिएको सक्कलै दर्ता रसिद ।

(ग) खोलिएको शिलबन्दी बोलपत्र।

(घ) बोलपत्रदाताको नागरिकता वा आफ्नो परिचय खुल्ने कुनै पनि आधिकारिक कागजातको प्रतिलिपि ।

(ङ) बैंक भौचर /IPS मार्फत रकम जम्मा गरेका बोलपत्रवालाहरुको हकमा सक्कल बैंक भौचर /IPS को Statement

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको