Like us!
Follow us!
Connect us!
Watch us!

कोभिड अस्पतालमा बिरामीको चाप बढ्यो

पत्रपत्रिका

सोमबार, २६ पुस २०७८, ०७ : ३५ मा प्रकाशित

कोभिड अस्पतालमा बिरामीको चाप बढ्यो

कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा कोभिड बिरामीको चाप बढेको छ । पछिल्ला दिनमा कोभिड अस्पतालमा बिरामीको संख्या दोब्बर बढेको कोभिड केन्द्रीय अस्पतालका सीईओ डा. भुपेन्द्र बस्नेतले जानकारी दिए । नेपालमा ओमिक्रोन संक्रमण पुष्टि भएसँगै अस्पतालमा बिरामीको चाप बढेको हो ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा बोल्दै डा. बस्नेतले कोभिड अस्पतालमा संक्रमितको संख्या दोब्बर भएको बताए । ‘केन्द्रीय अस्पतालले समन्वय गर्दै आएका देशभरका कोभिड अस्पतालमा संक्रमितको संख्या दोब्बरले वृद्धि भएको छ’, डा. बस्नेतले भने ।

चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पतालका साथै उपत्यकाका १३ र प्रदेशका सात अस्पतालमा बिरामीको संख्या बढेको हो । ‘सबै अस्पतालमा एक हप्ता अगाडिभन्दा दोब्बरको संख्यामा बिरामी भर्ना भएका छन्’, उनले भने ।

नेपालमा अहिलेसम्म २७ जनामा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको छ । आइतबार मात्र देशभर २४ घण्टा पीसीआर र एन्टिजेन परीक्षण गर्दा एक हजार बढी संक्रमित थपिएका छन् ।

संक्रमणबाट जोगिन जनस्वास्थ्य मापदण्ड पालना गर्न र सतर्कता अपनाउन डा। बस्नेतको सुझाव छ ।

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको