Like us!
Follow us!
Connect us!
Watch us!

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सूचीलाई चार वर्ष जेल सजाय

अर्थ संसार

सोमबार, २६ पुस २०७८, १३ : ०६ मा प्रकाशित

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सूचीलाई चार वर्ष जेल सजाय

म्यानमारको एक अदालतले प्रजातन्त्रबादी नेतृ आङ सान सूचीलाई चार वर्ष जेल सजाय सुनाएको छ । विभिन्न तीन ओटा मुद्दामा दोषी ठहर गर्दै अदालतले सूचीलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको हो । 

नोबेल शान्ति विजेता सूची गत वर्षको १ फेब्रुवरीदेखि नजरबन्दमा राखेको छ । ७६ वर्षीय सूचीमाथि गैरकानुनी ढंगले वाकी–टकिज लिएको कोभिडसम्बन्धी नियम उल्लंघन गरेको आरोप लागेको छ । कु गरेको दिन सेनाले उनको घरमा छापा मार्ने क्रममा वाकी–टकिज फेला पारेको थियो ।

यसअघि डिसेम्बरमा सुकीलाई अदालते विभिन्न अभियोगमा चार वर्ष जेल सजाय सुनाएको थियो । उत्तेजना फैलाएको र कोभिड नियम उल्लंघन गरेको आरोप लागेको थियो । सेनाको जुन्ता सरकारले पछि सो सजाय आधा घटाएर दुई वर्ष बनाएको थियो । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको