Like us!
Follow us!
Connect us!
Watch us!

२८०० को बिन्दुलाई टेस्ट गर्दै दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा झिनो सुधार

नेप्से

सोमबार, २६ पुस २०७८, १५ : १२ मा प्रकाशित

२८०० को बिन्दुलाई टेस्ट गर्दै दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा झिनो सुधार

साताको दोस्रो कारोबार दिन आज (सोमबार) पनि सेयर बजारमा सकारात्मक माहोले निरन्तरता पाएको छ । आईतबार उच्च अंकले बढेको नप्सेमा आज पनि दोहोरो अंकको बृद्धि भएको छ भने कारोबार रकममा पनि केहि बृद्धि देखिएको छ । पछिल्लो समय औषतमा ४ अर्ब रूपैयाँ बराबरको कारोबार भइरहेकोमा आज पनि ७ अर्बमाथिको कारोबार छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १९.४३ अंकले बढेर २७८४.९५ विन्दुमा पुगेको छ । नेप्से ०.७० प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ३.१६ अंकले बढेर ५२२.५३ विन्दुमा पुगेको छ । 

कूल २३६ वटा कम्पनीको एक करोड ४२ लाख ८८ हजार १ सय ३० कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रूपैयाँ १३ पैसा बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ३ उपसमूहको मात्र उपसूचक घटेको छ घने बाँकि सबै समूहको उपसूचक बढेको छ । 

सोमबार गोर्खाज् फाइनान्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २२ करोड ७७ लाख ४० हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

आज १ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यस्तै युनियन हाइड्रोपावरको सेयरमूल्य पनि ९.९९ प्रतिशत र कर्पोरेठ डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । 

यस दिन प्रभु सेलेक्ट फण्ड को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ३.१७ प्रतिशतले घटेर एक हजार ९.१७ रूपैयाँमा झरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको