Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकाे अवसर : ३ कम्पनीकाे हकप्रद आउँदै

अर्थ संसार

मंगलबार, २७ पुस २०७८, १२ : ०८ मा प्रकाशित

लगानीकाे अवसर : ३ कम्पनीकाे हकप्रद आउँदै

विभिन्न ३ वटा कम्पनीहरुले हकप्रद सेयर निष्कासन गर्दैछन् । समृद्धि फाइनान्स कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले  हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् ।

१. कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेबाट १:१.५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद निष्कासन गर्दैछ । बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेकाे हाे । बैंकले हकप्रद निष्कासनका लागि सिभिल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ । लगानीकर्ताले बिक्री  सिभिल क्यापिटल, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि पुस २६ गते एक दिन बुकक्लोज गरेको छ । त्यसैले, पुस २५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

२. छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेड

छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले माघ ११ गतेबाट १० बराबर ३ अनुपातमा हकप्रद सेयर निष्कासन गर्दैछ । कम्पनीले ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री ग्लोबल आइएमई क्यापिटल, छ्याङ्दी हाइड्रोपावर लिमिटेडको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि पाैष २१ गते एक दिन बुकक्लाेज गरेकाे छ । त्यसैले, पाैष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

३. समृद्धि फाइनान्स कम्पनी लिमिटेड

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएकाे हाे । कम्पनीले २:१ काे अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ५० प्रतिशतले हुन आउने २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरकाे २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गर्न साउन १५ गते, शुक्रबार सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि बिओके क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ। 

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि पाैष ११ गते एक दिन बुकक्लाेज गरेकाे थियाे । त्यसैले, पाैष ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले पुस ७ गतेदेखि हकप्रद सेयर बिक्री खुल्ला गरिरहेकाे छ । कम्पनीले १ बराबर १ को अनुपातमा  कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । उक्त हकप्रदमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि मंसिर २४ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, मंसिर २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि९आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

सेबाेनकाे पाइपलाइनमा

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड, अपि पावर कम्पनी लिमिटेड र नेपाल फाइनान्स कम्पनी लिमिटेड हकप्रद निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड सेबाेनकाे पाइपलाइनमा छन् । यी ४ वटै कम्पनी जवाफ र समीक्षा (Replied and Under Review) अन्तर्गतकाे सूचीमा छन् ।

१. आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड

कम्पनीले हाल कायम चुक्ता पुँजीकाे १ अर्ब १५ करोड ७६ लाख रूपैयाँकाे ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न भदाै १७ गते, बिहीबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ । कम्पनीले १:०.४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे । कम्पनीले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको गत वैशाख १२ गते सम्पन्न २३औँ वार्षिक साधारण सभाले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । बीमा समितिले पनि कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिइसकेको छ । 

२. शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १०:३० को अनुपातमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न जेठ २५ गते मंगलबार सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नाे वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ ।

३. अपि पावर कम्पनी लिमिटेड

अपि पावर कम्पनी लिमिटेडले १:०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ कराेड ६० लाख रूपैयाँ बराबरकाे १ कराेड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न असाेज २५ गते सेबोनमा निवेदन पेश गरेको हो । कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

४. नेपाल फाइनान्स कम्पनी लिमिटेड

नेपाल फाइनान्स कम्पनी लिमिटेडले १:०.७० काे अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ७० प्रतिशतले हुन आउने ३४ करोड ५४ लाख ४७ हजार ४ सय २७ रूपैयाँ बराबरकाे ३४ लाख ५४ हजार ४ सय ७४ कित्ता हकप्रद सेयर निष्कासन गर्न कार्तिक १ गते सेबाेनमा निवेदन पेश गरेकाे छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको