Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से २८०० माथि जाने तिवारीको प्रक्षेपण सही सावित, अब के होला ?

अर्थ संसार

मंगलबार, २७ पुस २०७८, १२ : ५० मा प्रकाशित

अर्थसंसार डट कम बाट साप्ताहिक रुपमा प्रसारण हुने कार्यक्रम Share Tech Funda मा हामी प्रोभिडेण्ड मर्चेन्ट बैंकिंगका कार्यकारी प्रमुख तथा सेयर विश्लेषक बिमल तिवारी सँग सेयर बजारमा पछिल्लो समय भईरहेको प्राविधिक विकासक्रम र लगानीकर्ताहरुले अहिलेको बजारमा कस्तो रणनीति बनाउने भन्ने विषयमा कुराकानी गर्ने गर्दछौँ। लामो समयदेखि नेपाल तथा छिमेकी देश भारतको सेयर बजारलाई नजिकबाट नियाल्दै आएका तिवारी हाल प्रोभिडेण्ड मर्चेन्ट बैंकिंग मार्फत पोर्टफोलियो म्यानेजमेन्ट तथा सेयर बजारसँग सम्बन्धित अन्य सेवाहरु प्रवाह गरिरहेका छन् ।  

यसअघिको एपिसोडमा नेप्से इन्डेक्स २६५० को हाराहारीमा रहँदै गर्दा उनले बजार बढ्दो ट्रेन्डमा रहेको र बजारले कम्तिमा २७३० को बिन्दुलाई पार गर्ने र त्यो बिन्दुलाई पनि क्रस गरेको खण्डमा २८०० भन्दा माथि जान सक्ने बताएका थिए । अब बजारले २८०० को बिन्दुलाई क्रस गर्दै गर्दा उनले बजार २८८० को बिन्दुलाई टेस्ट गर्न जाने र यदि २८८० लाइ पनि ब्रेक गरेर नेप्से इन्डेक्स माथि नै जान सकेको खण्डमा नेप्सेले ३००० को बिन्दुलाई चुम्ने प्रक्षेपण गरेका छन्।  बजारमा स्ट्रेन्थ आइसकेको बताउँदै अब बजार घटे पनि २७३५ को बिन्दुमा बलियो सपोर्ट लिने कुरा बताए ।  

सेयरमा लगानी गर्नेहरुका लागि टेक्निकल एनालाइसिस कत्तिको महत्वपूर्ण छ भन्ने कुरालाइ उनले जङ्गलमा बाघको शिकार गर्न जाँदा बलिया हतियारहरु लिएर जानुको महत्व जति छ त्यत्तिकै  महत्व टेक्निकल एनालाइसिसको रहेको बताए ।  त्यस्तै टेक्निकल संगै फनडामेण्टल एनालाइसिस पनि कत्तिको महत्वपूर्ण छ भन्ने कुरालाई उनले उदाहरण सहित प्रस्तुत गरेका छन् ।  

विश्लेषक बिमल तिवारीसँग गरिएको भिडियो कुराकानीः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको