Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सुचिकृत ४४ हाइड्रोपावर मध्य १३ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

अर्थ संसार

बुधबार, २८ पुस २०७८, १५ : ०१ मा प्रकाशित

नेप्सेमा सुचिकृत ४४ हाइड्रोपावर मध्य १३ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

गत आर्थिक बर्षको मुनाफाबाट नेप्सेमा सुचिकृत अधिकांश कम्पनीहरुले लाभांश प्रस्ताव गरिसकेका छन् । बिमा क्षेत्रका कम्पनीहरुको लाभांश घोषणा हुने अन्य क्षेत्रको तुलनामा केहि बढि समय लाग्ने भएकाले बिमा सेक्टरका बाहेक अन्य कम्पनीहरुले भने करिब करिब लाभांश प्रस्ताव गरिसकेका छन् ।

नेप्सेमा हाल सम्म ४४ वटा जलबिद्युत कम्पनीहरु सुचिकृत भएका छन् जसमध्य हालसम्म ३८ वटा कम्पनीहरुले आर्थिक बर्ष २०७७ ७८ को बार्षिक साधारण सभा आह्वान गरिसकेका छन् भने ति मध्य कतिपय कम्पनीहरुले त साधारणसभा समेत सम्पन्न गरिसकेका छन् । कतिपय जलबिद्युत कम्पनीहरुको साधारणसभाले पारित गरेको लााभांश सेयरधनीहरु खातामा समेत आएसकेको छ । 

नेप्सेमा सुचिकृत ४४ वटा जलबिद्युत कम्पनीहरु मध्य हालसम्म १३ वटा जलबिद्युत कम्पनीहरुले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयर धनीहरुका लागि लाभांश प्रस्ताव गरेका छन् । गत आर्थिक बर्षको मुनाफाबाट सबैभन्दा धेरै लाभांश प्रस्ताव गर्ने कम्पनीमा ङादी हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ यो कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद(कर प्रयोजनार्थ) गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरि साधारणसभाबाट समेत पारित गरिसकेको छ ।

गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गर्ने १३ जलबिद्युत कम्पनीहरु मध्य ११ वटा कम्पनीहरुले बोनस सेयर सहित नगद लाभांश समेत घोषणा गरेका छन् भने रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर कम्पनीले नगद लाभांश मात्र प्रस्ताव गरेका हुन् । अहिले यी दुबै कम्पनी मर्जरको प्रक्रिया अन्तिम चरणमा रहेका छन् ।

गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गर्ने कम्पनीहरु र तिनले घोषणा गरेको लाभांशः 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको