Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोमा सबैभन्दा अब्बल रिडी पावर, यी हुन् सबैभन्दा बढी ईपिएस भएका जलविद्युत कम्पनी

अर्थ संसार

सोमबार, १३ भदौ २०७९, ११ : ५७ मा प्रकाशित

हाइड्रोमा सबैभन्दा अब्बल रिडी पावर, यी हुन् सबैभन्दा बढी ईपिएस भएका जलविद्युत कम्पनी

नेप्सेमा सूचिकृत अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । सामान्यत कम्पनीको वित्तिय विवरणका आधारमा नै कम्पनीले कति प्रतिफल दिन सक्ला भन्ने अनुमान गर्न सकिन्छ । 

अघिल्लो वर्षको यसै अवधिमा नेप्से परिसूचक ३२०० को विन्दुमा पुग्दै अलटाईम हाईको रेकर्ड समेत बनाएको थियो तर त्यसपछि बजारमा भएका विभिन्न घटनाहरुले बजार निरन्तर ओरालो यात्रामा छ । यो एक वर्षको अवधिमा नेप्से परिसूचक घटेर १८०७ को विन्दुसम्म पुगेको थियो । अहिले नेप्से परिसूचक २००० को विन्दुकै आसापासमा घुमिरहेको देखिन्छ । 

यो पटकको बुलमा सबैभन्दा बढी सेयर मूल्य वृद्धि हुने समूहमा हाइड्रोपावर सेक्टर समेत पर्दछ । नेप्से परिसूचक ३२०० को विन्दुमा पुग्दा सबै जलविद्युत कम्पनीहरुको सेयर मूल्य समेत उच्च विन्दुमा नै पुगेको थियो तर बजारको गिरावटसँगै यो सेक्टरका कम्पनीहरुको सेयरमूल्य घट्यो । 

अन्य कम्पनीहरु जस्तै हाइड्रोपावर सेक्टरका अधिकांश कम्पनीहरुले पनि गत आर्थिक वर्षको अन्तिमसम्मको वित्तिय विवरण प्रकाशित गरिसकेका छन् । गत आर्थिक वर्षको अन्तिमसम्मको वित्तिय विवरणलाई हेर्दा सबैभन्दा बलियो रिडी पावर कम्पनी देखिएको छ । रिडी पावर कम्पनी साविकको रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरका बीचमा मर्जरबाट बनेको कम्पनी हो । 

गत आर्थिक वर्षको अन्तिमसम्ममा रिडी पावरले ५४ करोड ४४ लाख ५७ हजार रुपैयाँ खुद मुनाफा हासिल गर्न सफल देखिन्छ । उक्त अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ २१ पैसा रहेको दखिन्छ । त्यस्तै ईपिएसका हिसाबले हेर्दा रिडी पावर पछि सबैभन्दा बढी ईपिएस भएको कम्पनी माउन्टेन इनर्जी लिमिटेड रहेको छ समिक्षा अवधिमा कम्पनीको ईपिएस ३१ रुपैयाँ ५ पैसा रहेको छ । 

सबैभन्दा बढि ईपिएस भएका १० जलविद्युत कम्पनीहरुः 

630c5b2d67225.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको