Like us!
Follow us!
Connect us!
Watch us!

साना जलविद्युतको अवस्था चिन्ताजनक

अर्थ संसार

शुक्रबार, २० फागुन २०७८, १५ : ५७ मा प्रकाशित

साना जलविद्युतको अवस्था चिन्ताजनक

कर्णाली प्रदेशमा रहेका अधिकांश साना लद्युजलविद्युत आयोजनाहरू सञ्चालनमा नरहेको पाइएको छ । निर्माण कार्य पूरा भएर पनि छोटो समय सञ्चालनमा आइ अहिले बन्द अवस्थामा रहेको पाइएको छ ।

कर्णाली प्रदेशका नाै जिल्लाको गरिएको सर्वेक्षणबाट अधिकांश योजनाहरू अहिले सञ्चालनमा नरहेको पाइएको छ । जाजरकोटका पाँचवटा माइक्रो हाइड्राे चलेको र २३ वटा नचलेको , सल्यानमा एक चलेको र एक नचलेको, रुकुम पश्चिममा ६ चलेको र २० नचलेको , दैलेखमा सात चलेको र १३ नचलेको र सुर्खेतमा एक चलेको र तीन ३ नचलेको पाइएको छ ।

त्यस्तै जुम्लामा ६ चलेको र २० नचलेको , कालीकोटमा ६ चलेको ११ नचलेको, मुगुमा दुई चलेको पाँच नचलेको र हुम्लामा तीन चलेको आठ नचलेको अवस्थामा रहेको पाइएको छ । ३७ वटा सञ्चालमा रहेको र १०४ नचलेको अवस्थामा रहेको पाइएको छ । 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आयोजना गरेको भर्चुअल बैठकमा यो कुरा जानकारी गराएको छ । उक्त कार्यक्रममा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेसप्रसाद सिंह , निमित्त सचिव गोपाल शर्मामा सहभागिता थियो । प्रवर्द्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक डा मधुसुधन अधिकारीकाे समेत सहभागिता थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको