Like us!
Follow us!
Connect us!
Watch us!

अस्ट्रेलियामा कोभिडः दुई सातामा १० लाख संक्रमित

अर्थ संसार

विहीबार, २९ पुस २०७८, १४ : ४१ मा प्रकाशित

अस्ट्रेलियामा कोभिडः दुई सातामा १० लाख संक्रमित

अस्ट्रेलियाका कोभिड संक्रमितको संख्या दिनप्रति दिन बढिरहेको छ । कोभिडको नयाँ भेरियन्ट देखिएसँगै संक्रमितको सख्ंया पनि दिनहुँ बढिरहेको छ । विहीबार एकै दिन एक लाख ४७ हजारमा कोभिड देखिएको छ । यो संख्या अस्ट्रेलियाका कोभिड देखिएपछिको अहिलेसम्मकै उच्च हो । 

संक्रमितमध्ये ९२ हजार जना न्यु साउद वेल्स (एनएसडब्लू) का छन् । पछिल्लो दुई सातामा अस्ट्रेलियामा १० लाख जनामा संक्रमण देखिएको छ । महामारी फैलिएपछि अहिलेसम्म १४ लाख जनामा संक्रमण देखिएको छ । 

अस्ट्रेलियामा पछिल्ले कोभिड लहरमा ५३ जनाको मृत्यु भइसकेको छ । तीमध्ये २२ जना एनएसडब्लूका छन् । ओमिक्रोन वेभको समयमा मृत्यु दर यसअघिको महामारीमा भन्दा न्यून रहेको जनाइएको छ । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको