Like us!
Follow us!
Connect us!
Watch us!

अस्ट्रेलियामा इतिहासकै ठूलो लागूऔषध बरामद, ५०० मिलियन अमेरिकी डलरको कोकिन जफत!

अर्थ संसार

मंगलबार, १८ मंसिर २०८१, २० : १८ मा प्रकाशित

अस्ट्रेलियामा इतिहासकै ठूलो लागूऔषध बरामद, ५०० मिलियन अमेरिकी डलरको कोकिन जफत!

अस्ट्रेलियाली प्रहरीले क्वीन्सल्याण्डको तटमा भएको डुङ्गा दुर्घटनापछि इतिहासकै ठूलो लागूऔषध बरामद गरेको छ। अधिकारीहरूले २.३ टन कोकिन बरामद गर्दै यसको अन्तर्राष्ट्रिय बजार मूल्य ५०० मिलियन अमेरिकी डलर (७६० मिलियन अष्ट्रेलियन डलर) रहेको बताएका छन्। यो कोकिन अष्ट्रेलियाको इतिहासमा सबैभन्दा ठूलो तस्करीको रूपमा लिइएको छ।

डुङ्गा दुर्घटना र पक्राउ

ड्रग्सको अवैध ढुवानी सङ्कलन गर्न किनारमा पर्खिरहेका ११ जना पुरुष र दुई किशोरलाई पक्राउ गरिएको छ। पक्राउ परेकामध्ये एक जना कुख्यात कोमान्चेरो आउटल मोटरसाइकल क्लबको ब्रिसबेन च्याप्टरका उपाध्यक्ष रहेको एएफपीले दाबी गरेको छ। यस गिरोहले लामो समयदेखि लागूऔषध तस्करी र हिंसात्मक घटनाहरूमा आफ्नो संलग्नता देखाउँदै आएको छ।

दक्षिण अमेरिकाबाट सुरु भएको तस्करी

अनुसन्धानका अनुसार कोकिनको यो ठूलो खेप दक्षिण अमेरिकी देशबाट सुरु भएको थियो। केही दिनअघि कोलम्बियाली नौ सेनाले अष्ट्रेलियाका लागि कोकिन बोकेको अर्ध पनडुब्बीलाई रोकेको थियो।

कोडनेम 'अपरेशन टायरेन्डर' को सफलता

एएफपी, क्वीन्सल्याण्ड पुलिस सेवा, र अष्ट्रेलियन बोर्डर फोर्सको संयुक्त प्रयासले 'अपरेशन टायरेन्डर' को माध्यमबाट यो ऐतिहासिक सफलता हासिल गरेको हो। माछा मार्ने डुङ्गा, जसले यो कोकिन तस्करी गरिरहेको थियो, मेकानिकल समस्या आएपछि पक्राउ पर्‍यो। डुङ्गाबाट बाँधिएको ४० वटा वाकासमा ४०-४० किलो कोकेन फेला परेको थियो।

तस्करीको योजनामा पूर्णविराम

यो बरामदले अष्ट्रेलियामा ११ मिलियन अष्ट्रेलियन डलर बराबरको स्ट्रिट डीलहरू रोक्न सफल भएको छ। लागूऔषध तस्करीमा संलग्न गिरोह र आपराधिक सिन्डिकेटका अन्य योजनाहरूमा यो घटनाले ठुलो धक्का पुर्‍याएको अधिकारीहरूले बताएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको