अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै 'ग्लोबल रिच'ले पुस २८ देखि शैक्षिक मेला आयोजना गर्ने घोषणा गरेको छ। तीन दशकभन्दा लामो समयदेखि शैक्षिक परामर्शका क्षेत्रमा क्रियाशिल संस्था 'ग्लोबल रिच'ले यो मेला आयोजना गर्न लागेको हो।
मेलाको आयोजना काठमाडौंको डिल्लीबजारस्थित पुण्य मेन्सनमा रहेको 'ग्लोबल रिच'को कार्यालयमा हुनेछ, जहाँ अस्ट्रेलियाका २५ भन्दा बढी प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुनेछन्।
मेलामा विद्यार्थी र अभिभावकहरूले अस्ट्रेलियाली विश्वविद्यालयका प्रतिनिधिहरूसँग परामर्श गर्न सक्नेछन्, साथै अस्ट्रेलियामा अध्ययनपछि पाइने 'पोस्ट-स्टडी वर्क' अवसर, पछिल्ला शैक्षिक नीतिगत परिवर्तन र आवश्यकताबारे जानकारी पनि प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, मेलामा अस्ट्रेलियामा अध्ययनका लागि आवेदन प्रक्रिया, विश्वविद्यालय चयन, र स्नातक पछि करिअर अवसरहरूको बारेमा विस्तृत जानकारी दिइने छ। 'ग्लोबल रिच'का अनुसार, मेलामा सहभागी विद्यार्थीहरूले शत प्रतिशत छात्रवृत्ति, स्नातक भर्ना प्रक्रिया र आवेदन शुल्क मिनाह जस्ता विशेष अवसरहरूको फाइदा लिन सक्नेछन्।
मेलामा उपस्थित सहभागीहरूलाई आइएलटिएस, पीटीई, र स्याटका तयारी कक्षामा ५० प्रतिशत छुट र एक सय आगन्तुकलाई 'स्काई वाक'को टिकट उपहार दिइने आयोजकले जानकारी दिएका छन्।
यो मेला नि:शुल्क प्रवेश पाइने हो र विद्यार्थी तथा अभिभावक दुवैले सहभागिता जनाउन सक्नेछन्।
त्यसैगरी, 'ग्लोबल रिच'ले चितवन, बुटवल, र पोखरामा पनि मेला आयोजना गर्ने योजना बनाएको छ।
चितवनको रोटरी दण्डपाणी भट्टराई भवनमा माघ १ गते ११ देखि ३ बजेसम्म, बुटवलको प्रधान हाइट्समा माघ २ गते १२ देखि ४ बजेसम्म, र पोखराको भाटभटेनीमा माघ ३ गते १२ देखि ४ बजेसम्म मेला आयोजना हुनेछ।
'ग्लोबल रिच' ३३ वर्षअघि स्थापित एक प्रमुख एजेन्ट हो, जसले अस्ट्रेलियाली विश्वविद्यालयहरूको आधिकारिक प्रतिनिधित्व गर्दै आएको छ। यसले विशेष गरी 'ग्रुप अफ एट' विश्वविद्यालयहरूको प्रतिनिधित्व गर्दै आएको छ। अहिले 'ग्लोबल रिच'ले १९ देशका ५ सयभन्दा बढी विश्वविद्यालयहरूको प्रतिनिधित्व गर्दै नेपालका विद्यार्थीलाई अन्तर्राष्ट्रिय शैक्षिक अवसरका लागि सेवा पुर्याउँदै आएको छ।
यससँगै, 'ग्लोबल रिच'ले भिसासम्बन्धी सहायतासँगै आइएलटिएस, पीटीई, टोफल र स्याटजस्ता परीक्षाका तयारी कक्षाहरू पनि प्रदान गर्दै आएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस