भारतले अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै च्याम्पियन्स ट्रफी २०२५ को फाइनलमा स्थान सुरक्षित गरेको छ। अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो।
टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २६४ रन बनाएको थियो। कप्तान स्टिभ स्मिथले ७३ रन र एलेक्स केरीले ६१ रनको योगदान दिए। बलिङतर्फ भारतका मोहम्मद शमीले ३ विकेट लिए।
भारतको इनिङ्समा विराट कोहलीले ८४ रनको महत्वपूर्ण पारी खेले। कोहलीको योगदानले भारतलाई जिततर्फ डोर्यायो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस