Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति छ व्याज ?

अर्थ संसार

शुक्रबार, ३० पुस २०७८, ०६ : ५१ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति छ व्याज ?

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेकाे छ । बैंकले विभिन्न खातामा भाेलि (माघ १ गते शनिबार) देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेकाे हाे ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ५.०५ प्रतिशतदेखि अधिकतम ८.०५ प्रतिशतसम्म ब्याज दिनेछ ।  बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.०५ प्रतिशतदेखि अधिकतम १०.०५ प्रतिशतसम्म तोकिएको छ । 

बैंकले ब्याजको आधारदर थप गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकको ब्याजको आधारदर ६.१२ प्रतिशत कायम गरेको छ । 

त्यस्तै बैंकले प्राकृतिक व्यक्तिको आवधिक कर्जाका लागि स्थिर ब्याजदर समेत सार्वजनिक गरेकाे छ । जसअनुसार यस प्रकारको व्यक्तिगत कर्जामा न्यूनतम ९.५० प्रतिशतदेखि अधिकतम १३ प्रतिशतसम्म ब्याजदर कायम गरिएको छ । 

बैंकले सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :

 

61e0cf7b13d6f.jpg 61e0cf80a4d9e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको