Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरूले बढाएनन् निक्षेपकाे ब्याजदर

अर्थ संसार

शुक्रबार, ३० पुस २०७८, ०८ : ४१ मा प्रकाशित

बैंकहरूले बढाएनन् निक्षेपकाे ब्याजदर

बैंकहरूले विभिन्न खातामा भाेलि (माघ १ गते शनिबार) देखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका ब्याजदर हेर्दा माघ महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपकाे ब्याजदर बढाएका छैनन् ।

प्रकाशित ब्याजदर अनुसार वाणिज्य बैंकहरुले मुद्दति निक्षेपतर्फ ३ महिनाभन्दा बढी अवधिकाे लागि व्यक्तिगतमा अधिकतम १०.०५ प्रतिशतसम्म र संस्थागतमा ९.०५ प्रतिशतसम्मकाे ब्याजदरलाई नै निरन्तरता दिएका छन्। 

बैंकर्स संघकाे सहमति अनुसार बैंकहरूले यसअघि पाैष महिनामा पनि मंसिर महिनाकाे ब्याजदरलाई नै निरन्तरता दिएका थिए । बैंकहरूले अहिले पनि ब्याजदर यथावत राखेका हुन् ।

पछिल्लो समय कर्जाको ब्याजदरलाई न्युनतम विन्दुमै राख्न भन्दै राष्ट्र बैंकले निश्चित समयको लागि कर्जाको ब्याज बढाउन नपाइने भन्ने सर्कुलर नै जारी गरेको थियाे । कर्जाको ब्याजदर बढाउन नपाइने अनि निक्षेपको मात्रै ब्याजदर बढाउँदा कस्ट अफ फन्ड बढ्न गई नाफा झन् संकुचित हुने हुँदा बरु निक्षेपको ब्याजदर घटाउने मनसायमा अधिकांश बैंक वित्तिय संस्थाहरु रहेको बुझिएको थियाे।   

माघमा बरु व्याजदर घट्ला, बढ्ने सम्भावना चाहिँ म देख्दिन- परशुराम कुँवर क्षेत्री

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको