Like us!
Follow us!
Connect us!
Watch us!

माघमा बरु व्याजदर घट्ला, बढ्ने सम्भावना चाहिँ म देख्दिन- परशुराम कुँवर क्षेत्री

अर्थ संसार

शुक्रबार, २३ पुस २०७८, १५ : ५४ मा प्रकाशित

माघमा बरु व्याजदर घट्ला, बढ्ने सम्भावना चाहिँ म देख्दिन- परशुराम कुँवर क्षेत्री

धेरै वटा बैंक तथा वित्तिय संस्थाको प्रमुख कार्यकारीको भूमिका निर्वाह गरिसकेका सफल तथा अनुभवी बैंकर परशुराम कुँवर क्षेत्रीले माघ महिनामा व्याजदर बढ्न सक्ने सम्भावना नदेखिएको बताएका छन।  

अर्थसंसार सँग कुरा गर्दै उनले अहिलेको अवस्थामा व्याजदर बढाउँदा त्यसले बैंकहरुको कस्ट अफ फन्ड मात्रै बढ्न जाने र  अर्थ मन्त्रालय तथा सरकार  कर्जाको व्याजदर नबढोस भन्ने मनसायमा रहँदै गर्दा कर्जामा धेरै व्याजदर बढाउने ठाउँ नरहेको अवस्थामा बैंक वित्तिय संस्थाहरुले निक्षेपको व्याजदर बढाउने भन्दा पनि घटाउन तिर चाहिँ लाग्नान भन्ने आफुलाई लागेको उनले बताए।

बैंक तथा वित्तिय संस्थाहरुले पनि यहि कुरालाई हेरेरै पुष महिनामा तरलाको ठुलै संकट हुँदा पनि बैंकहरुले व्याजदर नबढाएको पनि उनले बताए।  
तरलता संकट पिकमा रहँदा समेत बैंकहरुले व्याजदर नबढाएको सन्दर्भलाई सम्झदै उनले अहिले बिस्तारै तरलता संकुचन नियन्त्रणमा आइरहेको कुरा स्पष्ट रुपमा देखिएको उल्लेख गरे । राष्ट्र बैंकले अहिलेको परिस्थितिलाइ मध्येनजर गर्दै स्थानिय तहमा जाने पैसाको ८०% सम्म निक्षेपमा देखाउन पाउने व्यवस्था गरेकाले त्यसले बैंकहरुको निक्षेप बढेको भन्दै अर्थ मन्त्रालयले पुँजीगत खर्च पनि उल्लेख्य रुपमा बढाइरहेको बताए।  'औसतमा हेर्दा मंसिर महिनामा प्रतिदिन करिब १८ करोड देखिएको पुँजीगत खर्च पुष महिनामा ५० करोडभन्दा माथि पुगेको छ र आगामी दिनमा यो रेसियो अझै बढेर जाने देखिन्छ।  सबै आधारहरु हेर्दा बिस्तारै तरलता सहज हुँदै जाने नै देखिन्छ। ' उनले थपे। 

थप स्पष्ट पार्दै कुँवरले भने 'तरलता संकट हुँदा त व्याजदर नबढाएका बैंकहरुले तरलता सहज हुँदै गर्दा ब्याज बढाउलान भन्ने मलाई लाग्दैन।  बरु कस्ट अफ फन्ड घटाउन व्याजदर घटाउन चाहिँ सक्लान कि ! यदि घटाएनन भने पनि अहिलेकै व्याजदर लाइ निरन्तरता देलान तर बढाउन चाहिँ नबढाउलान।' 

सेयर बजारमा मेरो अनुमान १००% मिल्यो । माघ लागेपछि हरि ढकालको यस्तो अनुमान ! 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको